२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

बटलरको शतकमा राजस्थानले २२४ रनको लक्ष्य पछ्याउँदै कोलकातालाई २ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइटलाई २ विकेटले पराजित गरेको छ ।

जोस बटलरको शतकको मद्दतमा टोलीले २० ओभरमा २२४ रनको लक्ष्य पछ्यायो, जुन आईपीएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो ।

यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो ।

इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए ।

राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनायो । जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए । यस्तै, रियान परागले १४ बलमा ३४, रोभमान पोवेलले १३ बलमा २६ तथा यशस्वी जैसवालले ९ बलमा १९ रन जोडे ।

बलिङतर्फ कोलकाताका हर्षित राणा, सुनील नारायण र वरुण चक्रवर्तीले २–२ विकेट लिए भने वैभव अरोडाले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन जोड्यो । सुनील नारायणले आईपीएल करिअरमा पहिलो शतक बनाए । उनले ५६ बलमा १३ चौका र ६ छक्काको मद्धतमा १०९ रन जोडे । यस्तै, अंगक्रिश रघुवंशीले ३०, रिंकु सिंहले २०, आन्द्रे रसेलले १३, श्रेयस ऐयरले ११ रन जोडे ।

बलिङतर्फ राजस्थानका आभेस खान र कुलदीप सेनले २–२ तथा ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए । जितसँगै राजस्थान ७ खेलमा ६ जितसहित १२ अंक जोड्दै शीर्षस्थानमा यथावत छ । कोलकाता ६ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।