२२ मंसिर २०८२, सोमबार
,
Latest
चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु चुनावको विकल्प छैन- लीलामणि पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बटलरको शतकमा राजस्थानले २२४ रनको लक्ष्य पछ्याउँदै कोलकातालाई २ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइटलाई २ विकेटले पराजित गरेको छ ।

जोस बटलरको शतकको मद्दतमा टोलीले २० ओभरमा २२४ रनको लक्ष्य पछ्यायो, जुन आईपीएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो ।

यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो ।

इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए ।

राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनायो । जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए । यस्तै, रियान परागले १४ बलमा ३४, रोभमान पोवेलले १३ बलमा २६ तथा यशस्वी जैसवालले ९ बलमा १९ रन जोडे ।

बलिङतर्फ कोलकाताका हर्षित राणा, सुनील नारायण र वरुण चक्रवर्तीले २–२ विकेट लिए भने वैभव अरोडाले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन जोड्यो । सुनील नारायणले आईपीएल करिअरमा पहिलो शतक बनाए । उनले ५६ बलमा १३ चौका र ६ छक्काको मद्धतमा १०९ रन जोडे । यस्तै, अंगक्रिश रघुवंशीले ३०, रिंकु सिंहले २०, आन्द्रे रसेलले १३, श्रेयस ऐयरले ११ रन जोडे ।

बलिङतर्फ राजस्थानका आभेस खान र कुलदीप सेनले २–२ तथा ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए । जितसँगै राजस्थान ७ खेलमा ६ जितसहित १२ अंक जोड्दै शीर्षस्थानमा यथावत छ । कोलकाता ६ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।