९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

आईपीएलमा आज कडा टक्कर: पहिलो स्थानको लागि कोलकाता र राजस्थान भिड्दै

आईपीएलमा आज कडा टक्कर: पहिलो स्थानको लागि कोलकाता र राजस्थान भिड्दै
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज कोलकाता नाइट राइडर्स (केकेआर) ले तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्स (आरआर)सँग खेल्दैछ । कोलकाता पनि नम्बर २ मा छ । कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

कोलकाताको यो छैटौं र राजस्थानको सातौं खेल हुनेछ । ५ खेलमा ४ जित निकाल्दै ८ अंक जोडेको कोलकाता अंक तालिकाको दोस्रो स्थानमा छ । ६ मध्ये ५ जित हात पारेको राजस्थान १० अंकसहित शीर्ष स्थानमा छ ।

कोलकाता र राजस्थानबिचको हेड-टुहेड

आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच २८ खेल भएका छन् । कोलकाताले १४ खेल जितेको छ भने राजस्थानले १३ खेल जितेको छ । जबकि एक खेल अनिर्णित रह्यो । कोलकातामा दुई टोलीबीच १० वटा खेल भएका थिए । जसमा कोलकाताले ६ र राजस्थानले ३ जित हात पारेको छ । एक खेल भने नतिजा आउन सकेन ।

फिल साल्ट कोलकाताका सर्वाधिक रन स्कोरर

कोलकाताले यो सिजन उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले आफ्नो पहिलो तीन खेल लगातार जित्यो। पहिलो खेलमा सनराइजर्स हैदरावादलाई, दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । चौथो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । टोलीले घरेलु मैदानमा भएको अन्तिम खेलमा लखनऊ सुपर जाइन्ट्सलाई हराएको थियो ।

विकेटकिपर ब्याट्सम्यान फिल साल्टले टीमको लागि सर्वाधिक १९१ रन बनाएका छन् । वैभव अरोराले तीन खेलमा ६ विकेट लिएका छन् ।

पराग राजस्थानका सर्वाधिक रन बनाउने खेलाडी

राजस्थान यो सिजन उत्कृष्ट लयमा छ । टोलीले लगातार चार खेल जितेको थियो । पहिलो खेलमा लखनउ सुपर जाइन्ट्स, दोस्रोमा दिल्ली क्यापिटल्स, तेस्रोमा मुम्बई इन्डियन्स र चौथो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको थियो । पाँचौं खेलमा गुजरात टाइटन्ससँग तीन विकेटले पराजित भएको थियो । तर, राजस्थानले पुनरागमन गर्दै छैटौं खेलमा पञ्जाब किंग्सलाई हराएको थियो ।

मध्यक्रमका ब्याट्सम्यान रियान पराग टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले ६ खेलमा २८४ रन बनाएका छन् । युजभेन्द्र चहल प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ६ खेलमा ११ विकेट लिएका छन् ।

पिच रिपोर्ट

इडेन गार्डेन्स स्टेडियमको पिचमा ब्याट्सम्यानले सहयोग पाएका छन् । यस रंगशालामा हालसम्म ८८ आईपीएल खेल खेलिएका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले ५२ खेल जितेका छन् ।

यस स्टेडियमको उच्चतम स्कोर २३५/४ हो, जुन गत वर्ष कोलकाता विरुद्ध चेन्नई सुपर किंग्सले बनाएको थियो।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेइङ​ ११:

श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, वेंकटेश अय्यर, अंगक्रिश रघुवंशी, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोरा, वरुण चक्रवर्ती र हर्षित राना।

इम्प्याक्ट प्लेयर: रिंकु सिंह।

राजस्थान रोयल्सको सम्भावित प्लेइङ​ ११:

सञ्जु सैमसन (विकेटकीपर र कप्तान), यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, तनुष कोटियनररविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, केशव महाराज, कुलदीप सेन, आवेश खान।

इम्प्याक्ट प्लेयर: नवदीप सैनी।