१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

23.91°C

काठमाडौं

23.91°C

Kathmandu

Feels-like: 22.98

Wind: 3.46

Humidity: 24

Latest
साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी महिला टी–२० क्रिकेटमा नेपालको सान्त्वना जित सांसद बजगाईँद्वारा मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै अनुशासन आयोगमा उजुरी सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण: तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन तराईमा होली – फोटोफिचर ‘वस्तुको प्रकृतिअनुसार भन्सार वर्गीकरणको व्यवस्था गर्नुपर्नेमा जोड’ माओवादी केन्द्रिय कार्यालयमा शिक्षक महासंघको धर्ना मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त, छलफल जारी एमालेले सचिवालय बैठक बोलायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्रीले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदै



अ+ अ-

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।

संघीय सत्ता समीकरण परिवर्तन भएपछि मधेश सरकारबाट गत चैत ५ गते नेपाली कांग्रेस बाहिरिएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

सरकारमा सहभागी हुनै दलले विश्वासको मत फिर्ता लिएमा मुख्यमन्त्रीले प्रदेशसभामा ३० दिन पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही अनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस सरकारबाट हटेपछि नेकपा एमाले अहिले मधेस प्रदेशमा सहभागी छ । मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन समस्या छैन । अहिले गठबन्धन दलसँग मधेस प्रदेशमा स्पष्ट बहुमत छ ।