२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री रवि लामिछानेले दुई करोड लगेको पुष्टि



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ लिएको पुष्टि भएको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । यो सहकारी ठगी प्रकरणमा १८ जनालाई प्रतिवादी बनाएर रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । तर लामिछानेले उन्मुक्ति पाएका छन् ।

गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनी रुपमा लामिछानेको नाममा ऋण प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ । जिल्ला अदालतमा पेश गरिएको अभियोगपत्रमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको’ उल्लेख छ ।

प्रहरी र सरकारी वकिल कार्यालयले गरेको अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाणहरु उल्लेख गरे पनि प्रहरीले लामिछानेसँग सामान्य सोधपुछसमेत पनि गरेको छैन । उनलाई प्रहरीले अभियुक्त बनाएन भने सरकारी वकिलको कार्यालयले पनि त्यसमा कुनै पनि प्रतिक्रिया नदिई मुद्दा दायर गरेको छ ।

सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दाको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ लगानी भएको देखिएको छ । गोरखा मिडिया नेटवर्क त्यही संस्था हो, जसले ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो । जसमा रवि लामिछानेको नाममा १५ प्रतिशत शेयर थियो ।

सहकारीमा रकम बचत गरेका १८ सय २८ जना बचतकर्ताहरुको उजुरीपछि सहकारीको रकम हिनामिना, अपचलन र ठगीमा इलाका प्रहरी बुटवलले अनुसन्धान गरेको थियो ।

सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जीबी राई, दीपेश पुन, सागर केसीलगायत २८ जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दर्ता गरेको हो ।

अभियोगपत्रमा २८ जनाबाट ८६ करोड १८ लाख २३ हजार सात सय ५४ रुपैयाँ बिगो माग दाबी गरिएको छ । सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा, दफा १२४ को उपदफा १ अन्तर्गत सजाय गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतसमक्ष अभियोगपत्र पेस गरेको हो । उनीहरुलाई आठ वर्षसम्म कैद तथा दाबी गरिएअनुसारको बिगो भराउन माग गरिएको छ ।

प्रतिवादीमा सहकारीका पदाधिकारी, पूर्वपदाधिकारी, कर्मचारी तथा रकम हिनामिना गरेका ऋणीहरु रहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता मुक्तिराम सुवेदीले बताए ।

प्रतिवादी बनाइएकामध्ये आठजना पक्राउ परिसकेका छन् । सहकारीका पूर्वसचिव रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले तीन लाख रुपैयाँ पेस्की लिएको अभियोगपत्रमा उल्लेख छ । एक हजार आठ सय २८ जना सहकारी पीडितको जाहेरीपछि प्रहरीले सहकारी ठगीको संगठित अपराधमा ५८ दिन लामो अनुसन्धानपछि गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।