४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिलको प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । 

यूनियनले सरकारको कदम नसच्चिदासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिता जनाउन अपिल समेत गरेको छ । माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २९ गते सुरक्षा प्रमूख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, मान्त्रीहरुका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

यस्तै माघ २१ गते सबै क्याम्पस अगाडि कालो झण्डा सहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र यूवामार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने लगायतका कार्यक्रम पनि सार्वजनिक गरेको छ । कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नुपर्ने लगायतका माग पनि यूनियनले राखेको छ ।

लिपुलेक, लिम्पयाधुरा सहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सूचारु गर्न दावावमुलक कार्यक्रम गर्ने, कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दवाव दिने, अहिले सम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फर्ता गर्न दबाव दिने, शुल्क नतिर्न विद्यार्थी र अविभावकलाई आग्रह गर्ने लगायतका माग राखेर विरोध प्रदर्शन घोषणा समेत गरेको छ ।