२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

अखिलको प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा

अखिलको प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । 

यूनियनले सरकारको कदम नसच्चिदासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिता जनाउन अपिल समेत गरेको छ । माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २९ गते सुरक्षा प्रमूख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, मान्त्रीहरुका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

यस्तै माघ २१ गते सबै क्याम्पस अगाडि कालो झण्डा सहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र यूवामार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने लगायतका कार्यक्रम पनि सार्वजनिक गरेको छ । कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नुपर्ने लगायतका माग पनि यूनियनले राखेको छ ।

लिपुलेक, लिम्पयाधुरा सहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सूचारु गर्न दावावमुलक कार्यक्रम गर्ने, कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दवाव दिने, अहिले सम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फर्ता गर्न दबाव दिने, शुल्क नतिर्न विद्यार्थी र अविभावकलाई आग्रह गर्ने लगायतका माग राखेर विरोध प्रदर्शन घोषणा समेत गरेको छ ।