• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल ★   अडिसनमा फेल भएपछि अन्तिम समयमा नाटकबाट हटाइयो, आज बलिउडका सुपरस्टार ★   गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै ★   गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु ★   यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन् ★   पृथ्वीराजमार्ग विस्तार: मुआब्जा बुझाइयो तर घर भत्काइएन ★   उत्कृष्ट कौशी खेती कृषकको खोजी गर्दै वडा कार्यालय ★   कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ★   कोशीका मुख्यमन्त्री कार्कीद्वारा अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र पेश ★   दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो

धनजित हत्याका तीन आरोपी पक्राउ



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।

यही वैशाख १ गते राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहारगरी धनजितको हत्या गरेर फरार भएको आरोपमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्या गरी फरार उनीहरुलाई सोही नगरपालिकाको वडा नं। १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । “धनजितको हत्यापछि फरार भएका उनीहरु तीनैजनालाई पाथेकास्थित भुसुन्दाका धनपति राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो ।

उनीहरुले धनजितको हत्या के कारणले गरेका हुन् भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरु तीनैजनाले धनजितको हत्या आफूहरुले नै गरेको स्वीकार गरिसकेका छन् ।

धनजितको हत्यापछि भागेर भुसुन्दा पुगेका उनीहरु मावली घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिनुभयो । घटना भएको तीन दिनपछि पक्राउ परेका तीनैजनालाई थप अनुसन्धनाका लागि जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

साँझको समयमा भएको घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक तथा प्रहरीचौकी जालपा र प्रहरीचौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका थिए । धनजितको हत्यापछि राति नै भागेका उनीहरु तीनैजनालाई एउटै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन् । छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई साँझ साढे सात बजे फोन सम्पर्क गरेको बताइएको छ ।

भाइसँगको फोन सम्पर्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिनुभयो । मृतक धनजितको शव सोही राति जिल्ला अस्पताल खोटाङमा ल्याएर आइतबार परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मृतक धनजित र भीमबहादुर गाउँमा सँगै मिलेर मिस्तिरी (घर बनाउने काम) गर्दै आउनुभएको थियो । तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उहाँकी श्रीमती अप्सरा भनिने प्रेमकुमारी पौडेल (बस्नेत) सामान्य घाइते हुनुभएको छ ।

विकास र आशन गत वैशाख ३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारिख छुटेका थिए । अर्का आरोपित गणेश चोरी मुद्धामा कारागार बसेर छुटेका थिए । रासस