२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहनुभएको छ ।

जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गर्नुभएका दवाडीले वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पहिलो वर्ष दुई लाख लगानीमा सुरु गरेको स्ट्रबेरीखेतीले राम्रो आम्दानी दिन थालेको उहाँले बताउनुभयो ।

“यो सिजनमा छ क्विन्टल बढी स्ट्रबेरी स्थानीय बजारमा बिक्री गरिसकेको छु”, उहाँले भन्नुभयो, “प्रतिकिलो छ सयका दरले बारीबाट बिक्री भएको छ, अझै बिक्रीका लागि तयार हुँदैछन् ।” तराईमा स्ट्रबेरीखेती हुन्छ र यसबाट आम्दानी गर्न सकिन्छ भन्ने धेरैलाई थाहा छैन । दवाडीले तराई भूभागमै स्ट्रबेरीखेती गरेर आम्दानी लिइरहनुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेका छन् ।

“प्लास्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पुर्‍याउन थोपा सिँचाइको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय बजारसँगै बाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ, बारीमै आइ टिपेर लैजाने ग्राहक प्रशस्त आउने गरेका छन् ।”

दवाडीले दुई कठ्ठा क्षेत्रफलमा स्ट्रबेरी लगाउनुभएको छ । हालसम्म तीन लाख बढी आम्दानी गरिसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आम्दानी बढ्ने दवाडीको अनुमान छ । “इन्टरनेटका माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लास्टिक टनेलमा चितवनबाट पहिलो वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ”, उहाँले भन्नुभयो, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौँ ।”

एउटै बोटमा एक किलोसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घरपरिवारसँगै एक जनालाई रोजगार दिएको दवाडी बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क सेक बनाइ बजारमा बेच्न मिल्ने भएकाले जोखिम कम रहेको उहाँले बताउनुभयो ।

उहाँले भाडामै दुई बिघा जग्गा लिएर स्ट्रबेरी, खरबुजा, ड्रागन फल, कागती, बयर, सितलचिनी खेती गर्नुभएको छ । ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कनसक्ने कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

“फूल फूलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्न लायक हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि दिनमा २२ देखि २५ डिग्री सेल्सियस र रातमा ७ देखि १३ डिग्री सेल्सियस तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।” रासस