१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ: सांसद पौडेल

विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ: सांसद पौडेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफलमा भाग लिदैँ सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल विश्वविद्यालयको औचित्यको सम्बन्धमा पनि प्रश्न उठाउनु भयो । उहाँले मानिसमा वास्तविक सीप भर्ने नयाँ तरिका नेपाल विश्वविद्यालयले के ल्याएको छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले नेपालमा धेरै विश्वविद्यालयहरु भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो ? भनेर पनि प्रश्न गर्नुभयो । उहाँले विश्वविद्यालयको छाता ऐन नबनेमा धेरै क्याम्पसहरुलाई विश्वविद्यालयको रुपमा सम्बोधन दिनुपर्ने अवस्था आउने भन्दै छाता ऐन बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘मान्छेमा बास्तविक सिप भर्ने नयाँ तरिका यो विश्वविद्यालयले के ल्याएको छ ? नवप्रवद्र्धनका विषयहरु पढाउने भनेर भनेको छ । सीपयुक्त जनशक्ति उत्पादन गर्ने भनेको छ । यो कुरा त अन्य विश्वविद्यालय, अन्य सरकारका निकायहरुले पनि भनेको स्थिति छ । यसले त्यो भन्दा फरक काम के गर्छ ? हामीलाई यतिधेरै विश्वविद्यालय किन चाहिएको ? विश्वविद्यालय कलेजसरह हो, सम्वन्धन माग्दा हामीले दिन्छौँ भने हामी हरेक विश्वविद्यालयको ऐन बनाउन राष्ट्रिय सभा, प्रतिनिधि सभामा छुट्टाछुट्टै छलफल अथवा हरेक विश्वविद्यालयको ऐनका बारेमा छलफल किन गर्छौं ? विश्वविद्यालयको छाता ऐन बनाउन सकिँदैन ? हरेक विश्वविद्यालयको ऐनमा छलफल गर्ने, मानिलिउँ हाम्रो संसदको फुर्सद नै फुर्सद छ ।

त्यसले छाता ऐन बनाएर त्यो छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्न सकिँदैन ? सामुदायिक क्याम्पसहरुले विश्वविद्यालयको सम्वन्धनका निम्ति आवेदन दिएको स्थिति छ । त्यसलाई किन नदिने ? खोप इन्जिनियरिङ कलेजलाई सम्बन्धन किन नदिने ? मेडिकल विश्वविद्यालय बनाउनुपर्छ भनेर भनिएको छ, त्यसलाई सम्बन्धन किन नदिने ? त्यसैले सबैलाई सम्बन्धन दिने हो र विश्वविद्यालयको संख्या बढाउने हो भने हामीले एउटा छाता ऐन बनाऔँ । त्यही ऐन मातहतमा रहेर सम्बन्धन दिने व्यवस्था गरौँ । यदि संघीयताबाटै विश्वविद्यालयलाई स्वीकृत गर्ने हो भने त्यसले भएका विश्वविद्यालयभन्दा फरक ढंगबाट शिक्षा प्रदान गर्ने, ज्ञान प्रदान गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने परिस्थिति हुनुपर्छ । विश्वविद्यालय भनेकै स्पेशलाइजेशनको सेन्टर हो नि । जनरल सब्जेक्टका लागि त देशैभरी एउटा विश्वविद्यालय भए हुन्छ । स्पेशलाइजेशन के मा हो ? यसले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्नेकुरा यो विधेयकभित्र प्रष्ट ढंगबाट आएको देखिँदैन ।’

सांसद पौडेलले विधेयकमा विश्वविद्यालयले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्नेकुरा प्रष्ट रुपमा नआएको बताउनु भयो ।