१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई ओलीको निर्देशन

पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई ओलीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराउनुभएको हो । पार्टी संसदीय दलका नेता समेत रहनुभएका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरुले विभिन्न कार्यक्रममा जान सक्ने बताउनु भयो ।

विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुन: सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाई थियो । अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नसफस्नका लागि पनि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिका बैठकहरुमा हाम्रो भुमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ । माननीयहरु कहाँ हुनुहुन्छ ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ । विना इजाजत विदेश भयो भने त्यसले सन्देश पैदा गर्छ कसको निमन्त्रणामा गएको हो भनेर । हाम्रै पनि साथीहरु, अरु पटीका पनि साथीहरु विना कसुर पनि, बिना दोष पनि अरुको फसाईमा फसेर कोही रातो पासपोर्ट काण्डमा परेका छन् । अर्को पटक उम्मेदवार पाएका छैनन् । त्यस्तो भएको छ । कारबाहीमा पर्नुपरेको छ । त्यसकारण यस्ता कुराहरुमा पार्टीलाई इन्फम गरायो भने पार्टीले बचाउँछ, जोगाउँछ । गल्ती हुनबाट जोगाएपछि सबै कुराबाट जोगिन्छ ।’

‘पार्टीलाई जानकारी नगराई क्रियाकलाप गर्न खोजियो भने अनेक अपm्ठयाराहरुको फेला परिन्छ । आज सहकारीको नाममा ठगीहरु, ठगहरु तपाई हामीले देखेका छौं । अर्वौका ठग । त्यसकारण ठगहरु पनि छन । त्यो कुरा ख्याल राख्नुपर्छ । म सबै कुरा बुझीहाल्छु भन्ने होइन । नबुझ्न सकिन्छ । त्यसकारण कमसेकम दलका प्रमुख सचेतक उहाँहरुलाई जानकारी गराउनु पर्छ यस्तो निम्ता आएको छ । कस्तो निम्ता, कहाँको निम्ता, जान मिल्ने हो कि होइन ? मिल्ने परिस्थिति छ कि छैन ? कहिले कहिले प्रदेशसभामा यस्तो देखिएको छ । यही पनि त्यस्तो देखिएको छ । को–को सदस्यहरु बाहिर हुनुहुन्छ ? थाहा हुँदैन । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई पछि नभने पनि हुन्छ । आफैँ सावधान रहनुपर्छ । ’

अध्यक्ष ओलीले कुनैपनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने पनि बताउनु भयो ।