१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

त्रिभूवन विमानस्थलमा जाँचपास एक्सरे स्क्यानिङ मिसिन नभएपछि कार्गो व्यवसायीले सामान पठाएनन्

त्रिभूवन विमानस्थलमा जाँचपास एक्सरे स्क्यानिङ मिसिन नभएपछि कार्गो व्यवसायीले सामान पठाएनन्
अ अ+ अ-

काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आईतवारबाट सामान निकासी गर्न बन्द गरेका हुन् । सोमवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरुले भेला भइ नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मिसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरुले आफूहरुको काम बन्द गरेको बताए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताउनु भयो । उहाँले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताउनु भयो । उहाँले सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरवाही भएको आरोप लगाउनु भयो । उहाँले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आईतवारबाट पूरै काम ठप्प पारेको बताउनु भयो । उहाँले मेसिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौति लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने घोषणा गर्नुभयो । लिमिटेड मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको बताउनु भयो । उहाँले तीन निकायहरु पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन । एकले अर्कोलाई आरोप देखाएर बसिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा जुन सामान निकासी जाँचपासको क्रममा यो एक्सरे मिसिन जुन स्क्यानिङ गरिन्छ, सामान जाँच पास गर्दा । त्यो बिग्रिएको आज डेढ महिना भयो । यो नेपाल पारवहन तथा गोदाम लिमिटेडले यसको यसलाई सञ्चालन गर्दै आएको छ । यो आज डेढ महिना बितिसक्दा पनि यसको मर्मतसम्भार नयाँ थप्ने यावत कुराहरु नगरेको हुँदा हामीलाई सामान जाँचपास गराउनलाई धेरै नै समस्या भयो । त्यसले गर्दा हामीलाई यहाँ सेन्सेटिभ ठाउँ हो । यहाँबाट क्लियर भएको सामान जहाजमा जान्छ । भोलि तलमाथि भए यसको जिम्मेवारी को हो ? यो पारवहन गोदामको चरम लापरवाहीको आज पराकाष्ठा यहाँ देखिहाल्नु भयो । हामीले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको छ । जाँचपास भएको छैन । हामीले काम गर्ने अवस्था सिर्जना भएको छैन । सरकारले लगानी सम्मेलन भनेर ढोंग पिटिरहेको छ, व्यवसायीहरुको हालत र सामानको हालत यो छ । कुनैपनि सामान हाम्रो रिस्कमा हामी क्लियरिङ नगर्ने, फर्वाडिङ पनि नगर्ने भनेर यो मिसिन जबसम्म बन्दैन, तबसम्म । उहाँहरुलाई पटक पटक यो मिसिन बनाउ, इन्टरनेशनल एयरपोर्ट हो, यहाँ सबैको आँखा जान्छ, हाम्रो सुरक्षा थ्रेटमा ठूलो चुनौति छ भन्दा ३० लाख पर्छ, हामीसँग बजेट छैन, हामी मर्मतसम्भार गर्न सम्भव छैन, नयाँ हाल्न पनि सम्भव छैन भनेर तर्किनुभएको छ । पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन तीन वटा निकाय तीन तिर भएको छ । एकले अर्कोलाई आरोप देखाएर बसेका छन् । सामान निकासी गर्न नसक्ने भन्दै हामीले हिजोबाट काम बन्द गरेका छाँै ।’

उनीहरुले व्यापारीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने चेतावनी दिए ।