• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै ★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा ★   कानुन आवेगमा आउनु हुँदैन ★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना ★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल ★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव

सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो: ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी)ले अराजनीतिक निर्णय गरेको बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा एकीकृत समाजवादीले कांग्रेस गठबन्धनलाई साथ दिएर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताए ।

राजनीतिक समीकरण परिवर्तन गरेर मुलुक र जनतामा आशाका किरण फर्कन लागेका बेला एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको बताए । उनले भने, ‘हिजो मात्रै एस भन्ने पार्टी छ । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने । तर कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिन सक्ने भनेर अराजनीतिक निर्णय लियो । जसले गर्दा सही दिशामा राजनीति फर्कँदै थियो त्यसबेला निराशा पैदा हुने गरी कदम चाल्यो ।’

आन्तरिक रुपमा नेकपा एसको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको उनले बताए । उनले भने, ‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो । कम्युनिस्ट बोर्ड राख्ने काम चाही विदेशीको हितमा काम गर्ने गरेको देखियो । तर यसले केही फरक पार्नेवाला छैन ।’