१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

राजनीतिक दलहरुबाट महिलाहरुको हित, उन्नति हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था छ: निर्वाचन आयुक्त थपलिया

राजनीतिक दलहरुबाट महिलाहरुको हित, उन्नति हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था छ: निर्वाचन आयुक्त थपलिया
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुबाट महिलाहरुको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा आयोजित निर्वाचन र महिला, नेपालको प्रयास, उपलब्धि र कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गरेको र सबै राजनीतिक दलहरुमा निर्वाचन आयोग र अन्य काम गर्नेगरी लैङ्गिक सम्पर्क व्यक्ति राख्न चिठी लेखेको तीन वर्ष बितेपनि नाम दिन नसकेको बताउनु भयो । उहाँले महिलामाथि आक्रमण, विभेद, अपहेलना र नजानिदो किसिमले महिलाका हिंसाका कामहरु भइरहेको जिकिर गर्नुभयो । उहाँले कानूनी संरचनामा निर्मम ढंगले विश्लेषण गर्नुपर्ने स्थिति आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा ठूलो इस्यु हामीले कानूनी संरचनामा देख्यौँ । मैले यसलाई अलि निर्मम ढंगले विश्लेषण गर्नुपर्ने स्थिति पनि छ । श्रोत, साधन, अधिकारका कुराहरु छन् । राजनीतिक दलको म नियत नै बेठिक छ त कसरी भनौँ । बडा अफ्ठ्यारो छ भन्न पनि । सफा छ भनौँ नतिजा आउँदैन । दु:खसाथ मैले यहाँ भन्नुपर्छ । हामीले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गर्‍यौँ सँगै बसेर । यसमा म खुशी पनि व्यक्त गर्दछु । त्यो नीति तयार गर्नको निम्ति अन्तर पार्टी महिला सञ्जालले रात दिन खटेको म सम्झिरहेको छु । खट्यौँ बनायौँ । त्यहाँ धेरै कुरा नै लेखेको थिएन । एउटा सबै राजनीतिक दलहरुमा निर्वाचन आयोग र अन्य काम गर्नेगरी लैङ्गिक सम्पर्क व्यक्ति राखौँ भनेर चिठी लेखेको तीन वर्ष भयो । जवाफ नै आउँदैन, धेरै जसोको । एउटा लैङ्गिक सम्पर्क व्यक्ति पनि तोक्न नसक्ने दलहरुबाट निर्वाचन र समग्रतामा महिलाहरुको हित उन्नति, कल्याण, उपलब्धि हुन्छ भनेर अपेक्षा गर्नुपर्ने पीडादायक अवस्थामा हामी छाँै । महिलामाथि किन यसरी आक्रमण भइरहेको छ, विभेद गरिएको छ, अपहेलना गरिएको छ, नजानिदो किसिमले महिलाका हिंसाका कामहरु किन भइरहेका छन् ? भन्नेकुरा प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगले स्पष्ट धारणा राखेपनि आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भएको बताउनु भयो । उहाँले संविधान र कानूनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भएको जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलित,अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व पुरुष बाहेकको हुनु हुँदैन भन्ने किसिले राजनीतिक दलहरु अघि बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो जुन व्यवस्था छ, हामी अहिलेको जुन निर्वाचन प्रणाली र जुन व्यवस्था हामीलाई दिइएको छ, त्यही भित्र बसेर कुरा गर्दैछौँ । हामी प्रणाली फेर्ने विषयमा प्रवेश गर्दैनौँ । यही प्रणाली भित्र राष्ट्रिय सभा सदस्यको निर्वाचन हेर्नुस्, संविधानमा छ, कानून छ, स्पष्ट छ । दुई वटा अस्पष्टता छन्, त्यो भनेको हामीले दलितहरुको प्रतिनिधित्वको पनि व्यवस्था गरेका छौँ, महिलाको विषय छ । अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व भनेको छ, त्यहाँभित्र लैङ्गिक पक्ष किन नभएको होला ? भन्ने प्रश्न आयोगसँग छ । दलित भनेपछि एक पटक पुरुषले मौका पाएपछि अर्को पटक महिला भनेको हो की ? दुई वटा चुनाव भनिसक्यौँ, छाँटकाँट नै देखिँदैन । अपाङ्गता भनिएका व्यक्ति भनिएको छ, त्यसमा पुरुष बाहेक महिला अपाङ्गता हुनै पाउँदैनन् भन्ने कानून बनाउन खोजेको हो की ? अपाङ्गता त महिला पनि हुँदा हुन् । राष्ट्रिय सभाको निर्वाचनको विषयमा यहाँनेर थोरै केन्द्रित हुने हो की ? सोचेका छाँै । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा म धेरै बोलिन । मजाले बौल्यौँ हामीले । राम्ररी नै बोल्यौँ । उल्टै आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न धेरै ठाउँबाट गरियो । म अहिले त्यहाँ प्रवेश गर्दिन । संविधान र कानूनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भयो । नतिजाले त्यही देखाउँछ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको समानुपातिक प्रणालीले अहिलेको संसदमा प्रतिनिधित्व गर्न नसकेको वर्ग, क्षेत्र, लिङ्ग, जातजाति, सम्प्रदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि वर्तमान समानुपातिक प्रणालीको व्यवस्थालाई संविधानको धारा ४२ सँग मिल्नेगरी व्याख्या गर्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचन सम्बन्धी कानून गृह मन्त्रालयमा रहेको र ९ महिनासम्म निदाएको भन्दै अझै कति बास बस्ने टुंगो नरहेको बताउनु भयो ।