४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिमका जनताले फुच्चे बनाइदिए : प्रचण्ड



file photo
अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई सुदूरपश्चिमका जनताले फुच्चे बनाइदिएको बताएका छन्। शनिबार धनगढीमा आयोजित बिशालसभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिमका जनतालाई धन्यवाद समेत दिएका हुन् । 

‘अस्ति आउँदा अलि फुलेका थिए, तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीलाई फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु,’ उनले भने।

प्रचण्डले पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर खुसी लागेको बताए । केपी ओलीको पार्टीको पक्षमा केन्द्रीय कमिटी र स्थायी कमिटीमा एक तिहाइ पनि नपुगेको दाहालको दाबी छ।

‘सुदूरपश्चिमका जनता महान छन्,’ उनले भने। उनले सुदूरपश्चिमका जनता झुक्दैनन् भन्ने सन्देश आफूले विश्वमा पुर्याउने बताए।