१ असार २०८३, सोमबार
,
Latest
सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन भएको हैन, ओलीको सरकार चाहिँ विघटन भएको हो : प्रचण्ड



अ+ अ-

काठमाडौं ।नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभइ केपी ओलीको सरकार चाहिँ विघटन भएको बताए। 

शनिबार धनगढीमा आयोजित बिशालसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर ओलीलाई कारबाही गर्ने बताएका हुन्।

दाहालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टतिर संकेत गर्दै उनी दलालको पनि दलाल भएको बताए।

आफूले नै अवसर दिएर पटक-पटक मन्त्री बनाएको मान्छे अहिले त सोच्नै नसकिने गरी कता हो कता गएको दाहालले बताए।

‘मैले त सुदूरपश्चिमका साथीहरूलाई ठूलो नेता यही हो भनें तर अहिले दलालको पनि दलाल भए,’ उनले भने।