१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक छ: एमाले

सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक छ: एमाले
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ ।

पार्टी मुख्यालय च्यासलमा आईतवार अपरान्ह बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकमा नेताहरुले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन् । बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो । उहाँले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाढि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी समेत गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले संक्षेपमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि चर्चा गरेका छौ । गएको फागुन २१ गते नयाँ सत्ता समिकरण प्रारम्भ भएको छ । समग्रमा यो सकारात्मक छ । यसले देश जसरी बहुआयामिक समस्यामा फस्दै गएको थियो । त्यहाँबाट सही दिशातिर ल्याउन सफल भएको छ ।

र, यसलाई प्रभावकारी बनाउँदै, यसलाई सफल बनाउँदै हामीले हाम्रो राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, लोकतन्त्रलाई जनताको जीवनसँग जोडने, भ्रष्टाचार बिरुद्धको अभियानलाई अझ प्रभावकारी ढंगले लैजाने, अवरुद्ध विकासका कामलाई नयाँ गति दिने र सर्वोपरी रुपमा जनतामा एउटा विश्वास जगाउने, अहिलेको निराशालाई चिर्दै देश बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाढि बढाउने कुरामा हामी केन्द्रित छौं । बैठकमा हामीले त्यही विषयमा छलफल गरेको छौं । र सरकारका प्रारम्भिक गतिविधिहरु, अहिले सुरु गरेको स्पिरिडहरु सकारात्मक छन् । अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा अझ गति ल्याओस भन्ने अपेक्षा छ ।’

एमालेले आफू नेतृत्वको नयाँ सत्ता समिकरणले देशलाई सही बाटोमा ल्याएको र विकास, निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने जिकिर गर्दै आएको छ । बैठकमा यही वैशाख ८ र ९ गते गोदावरीको सनराइज हलमा आयोजना गरिएको पार्टी महाविधेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुहुने कामका समिक्षा सम्बन्धि प्रतिवेदन, पार्टीका चार वटा आयोगले पनि आफ्नो कामको प्रगति विवरण पेश गर्ने तय गरिएको पनि उपमहासचिव ज्ञवालीले बताउनु भयो । एमालेलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी सो परिषद बैठकमा छलफल हुने उहाँले बताउनु भयो । सो महाधिवेशन प्रतिनिधि परिषद बैठकमा करिव २५ सय जति प्रतिनिधिहरु सहभागी हुने पनि एमालेले जनाएको छ ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘आजको बैठकको मुख्य एजेण्डाचाहीँ यही वैशाख ८ र ९ गते गर्न लागिएको महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकको एजेण्डाहरु बारे छलफल भयो । सो परिषद्को बैठक हामीले सनराईज हल गोदावरीबाट २०८१ साल वैशाख ८ गते बिहान ११ बजे शुरु हुनेछ । त्यो बैठकमा महाधिवेशनका प्रतिनिधिहरु २१५३ जना सहभागी हुनुहुनेछ । महाधिवेशनपछि थपिनुभएको केन्द्रिय सदस्यहरु, केन्द्रिय सल्लाहकार परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रिय लेखा आयोगका साथीहरु पनि त्यसमा सहभागी हुनुहुनेछ भने २५ सय जतिको यो कार्यक्रम हुन्छ । त्यसमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको कामको लेखाजोखा सम्बन्धि प्रतिवेदन र चार वटा आयोगको प्रतिवेदनमाथि व्यापक छलफल गर्छौं । र, हाम्रो पार्टीलाई निर्णायक राजनीतिक शक्ति आगामी निर्वाचनमार्फत निर्णायक राजनीतिक शक्ति बनाउनका निम्ति हाम्रा कामहरु के हुन भन्ने बारेमा छलफल हुनेछ । र १० गते हामीले हाम्रो पार्टी स्थापनाको ७५ औंं वर्ष पूरा भएर ७६ औं वर्षमा प्रवेश गर्दैछौं । त्यसमा विशेष इभेन्ट हामीले आयोजना गर्दैछौं । त्यसमा नेपाली कम्युनिष्ट आन्दोलनका अहिलेसम्मका इतिहास झल्काउने डकुमेन्ट प्रश्तुत गर्नेछौं । झुलाघाट, चिवाभञ्ज्याङ संकल्प यात्रा, जाजरकोटलगायतका भूकम्पका बेला पार्टीले चलाएको स्वयंसेवक परिचालन, निर्वाचनलगायतका केही मेजर इभेन्टहरुमा पनि हुन्छ । देशका प्रमुख राजनीतिक दलहरुका नेताहरुले त्यहाँ सम्बोधन गर्नुहुनेछ । ’

त्यसैगरी सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलहरुको सहभागितामा विशेष कार्यक्रम पनि बैशाख २० गते आयोजना गर्दैछ । त्यसमा प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्यमुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रश्तुत हुने उपमहासचिव ज्ञवालीले बताउनु भयो ।