२८ श्रावण २०८३, बिहीबार
,
Latest
कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव ‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल दलित समुदायको हक र अधिकारका लागि सरकार प्रतिवद्ध, कानून तर्जुमाको प्रक्रिया अन्तिम चरणमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने जनआस्थाकाे कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएकोमा प्रेस काउन्सिलको आपत्ति राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित



अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रिया शुरु गरेको छ ।

आईतवार सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानहरुलाई रासायनिक मलको अभाव हुन नदिनको लागि आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदको लागि टेण्डर प्रक्रियामा गएको बताएको छ । मन्त्रालयले किसानहरुलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेट अगावै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया शुरु गरिएको जनाएको हो । कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले आगामी वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चिता गरेर रासायनिक मल खरिदको टेण्डर प्रक्रियामा गएको बताउनु भयो ।

सचिव शर्माले १५ अर्ब रकम स्रोत सुनिश्चित गरी २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले गहँुको लागि आवश्यक मल खरिदको लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चि गरेर टेण्डर गरिएको बताउनु भयो । समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेण्डर गरिएको बताउनु भयो । उहाँले यो वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो । उहाँले अहिले ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने बताउनु भयो । उहाँले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको बताउनु भयो । उहाँले २ लाख १० हजार मेट्रिक टन युरिया,९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको बताउनु भयो । उहाँले सरकारसँग युरिया ७५ हजार ९६६,डीएपी १६ हजार ८३५ र पोटास ६२३४ मेट्रिक टन मौज्दात रहेको दाबी गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा युरिया १ लाख ७६ हजार,डीएपी १ लाख ८ हजार ७९७ र पोटास ९ हजार मल वितरण गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले रासायनिक मल ल्याउनको लागि प्रयास गरिरहेको छ । आगामी वर्षको लागि सरकारले १५ अर्बको स्रोत सुनिश्चिता गरेर रासायनिक मल खरिदको टेण्डरमा गइसकेको छ । जसमा २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको छ । बजेट कुर्ने हो भने जेठ १५ पर्खनुपर्छ । मल खरिदमा २२५ दिन पुग्दैन । गहँुलाई मल ल्याउन सक्ने अवस्था आउँदैन । सरकारले यो प्रयास गर्नुपर्छ भनेर अर्थमन्त्रालयलाई बुझाउने काम गरे । समयमा नै मल चाहिन्छ जसलाई बजेट चाहिन्छ ।

बजेटपछि दिने हो । बजेट भन्दा पहिला नै प्रष्ट पारेका छौं । त्यसबाट समयमा नै मल खरिद भएर आएको छ । यो वर्ष पनि रासायनिक मलको अभाव हुँदैन । अहिले ५१ हजार मेट्रिक टन मल आयो भने ९० हजार युरिया,६० हजार मेट्रिक टन डीइपी भयो भने यो वर्षलाई पुग्छ । सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात छ । डीएपी पनि भारतमा चुनाव भएको कारण थोरै ट्रान्सपोटेसनमा समस्या हुन्छ भनेर लागि परेका छौं । युरिया मल २ लाख १० हजार मेट्रिक टन,९७ हजार ८६५ डीएपी,१३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको छ । सरकारसँग युरिया ७५ हजार ९६६,डीएपी १६ हजार ८३५ र पोटास ६२३४ मेट्रिक टन मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा युरिया १ लाख ७६ हजार,डीएपी १ लाख ८ हजार ७९७ र पोटास ९ हजार मल वितरण भएको छ ।’

कृषिमन्त्री ज्वालाकुमारी साहले रासायनिक मल खरिद प्रक्रियालाई तिब्रता दिनेगरी कार्यविधि बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले कार्यविधिमार्फत मल आयात हुन नसक्दा संधै विवाद र झमेला भइरहेको बताउनु भयो । मन्त्रालयले कार्यविधि बनाउनसक्ने हो भने यसको निकास तत्काल हुने विश्वास उहाँको थियो । मन्त्री साहले मल खरिदको टेण्डर प्रक्रिया लामो भएकाले लामो प्रक्रियालाई बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले रासायनिक मल खरिद प्रक्रिाय छोटो बाटोमा जानुपर्ने बताउनु भयो ।

उहाँले नेपालमा मल कारखानाको स्थापना गर्न नसकेसम्म समस्या झेल्नुपर्ने बताउनु भयो । मन्त्री ज्वालाले रासायनिक मलको अर्को विकल्प नभएसम्म खरिद प्रक्रिया तिब्र गतिमा लैजानलाई कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले कृषि मन्त्रालयले राम्रो काम गर्न खोजिरहेको भन्दै भर्खरै सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गरेको सुनाउनु भयो ।