४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखराज भट्ट दलालको पनि दलाल हुन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टतिर संकेत गर्दै उनी दलालको पनि दलाल भएको बताएका छन् ।   

शनिबार धनगढीमा आयोजित बिशालसभालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्री भट्टलाई पटक(पटक मन्त्री बनाएको मान्छे अहिले त सोच्नै नसकिने गरी कता हो कता गएको बताएका हुन् । 

‘मैले त सुदूरपश्चिमका साथीहरूलाई ठूलो नेता यही हो भनें तर अहिले दलालको पनि दलाल भए,’ उनले भने।  

सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर ओलीलाई कारबाही गर्ने बताएका हुन्।