१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना

पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना
अ अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ ।

पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना ओझेलमा परेको हो । समुद्रि सतहबाट दुई हजार छ सय ४० मिटर उचाइको पहाडमा रहेको सेतिनी झरना र आसपास मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

रघुगङ्गा–७ चिमखोलाका सप्रसाद पुनले सेतिनि झरनाको सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताउनुभयो । “अग्लो पहाडबाट खस्ने झरना जति हेरे पनि धित मर्दैन”, उहाँले भन्नुभयो “यसको सुन्दरताको प्रचारप्रसार नहुँदा पर्यटक भित्र्न सकेका छैनन् ।”

दुई वटा पहाडको बिचभागमा खोलाले बनाएको खोँचबाट खस्ने सेतीनी झरनाको उचाइ करिब एकसय ३० मिटर छ । बर्खामा पानी ठूलो हुँदा झरनामा इन्द्रेणी देखिन्छ । हिउँदमा झरनाको पानी वरपरको पहाडमा जमेर सेताम्मे हुन्छ । शान्त र एकान्त ठाउँमा अवस्थित यो झरनाको प्रचारप्रसार गर्न सके यस क्षेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पुनको भनाइ छ ।

बस्तीबाट टाढा रहेको झरना वरपर लालीगुराँसको जङ्गल छ । निर्माणाधीन ठूलोखोला जलविद्युत् आयोजनाको बाँध र उपल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको नजिकै सेतिनी झरना अवस्थित छ ।

उपल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत्गृहबाट बाँधतर्फ जाने पहुँचमार्गको यात्रा गर्दा सेतिनी झरनालाई दायाँतर्फ देख्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लवले सडकको छेउमा उक्त झरना अवलोकनस्थल र सूचनामूलक बोर्ड राखेका छन् । स्थानीयवासी र जलविद्युत् आयोजनाका कर्मचारी तथा मजदुर थकान मेटाउन र रमाइलोका लागि झरना अवलोकन गर्न आउँछन् ।

झरनाको विशेषताका बारेमा प्रचारप्रसार र पूर्वाधार बनाउने हो भने पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको सेतिनी भ्यालीमा होटल सञ्चालन गरेका चिमखोलाका कुशल पाइजाले बताउनुभयो ।

काठैकाठले निर्माण गरिएको टहरामा सञ्चालित होटल परिसरबाट सेतिनी झरना र धौलागिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । यो झरना धौलागिरि सेञ्चुरी, आइसफल र टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्गमा समेटिएको छ ।

तीन वटै धौलागिरि हिमालको आधार शिविर भएर म्याग्दी र मुस्ताङ आवतजावत गर्ने पदमार्ग हुन् । रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले सेतिनी झरना हुँदै धौलागिरि आधार शिविर र मुस्ताङको लेते निस्कने पदमार्ग निर्माणलाई पूर्णता दिएर पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो । रासस