१२ पुष २०८१, शुक्रबार
,
Latest
नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर साहको आग्रह संविधान बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता पाउँछन्ः गृहमन्त्री लेखक विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारलाई मेयर शाहको ध्यानाकर्षण जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुको जोड मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नुपर्नेः महासचिव पोखरेल मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउँछः उपप्रधानमन्त्री सिंह जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरण: जीबी राईसहित २४ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी



अ+ अ-

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

शुक्रबार सहकारी घोटालाबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले जानकारी दिए ।

प्रहरीले गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ । साथ,ै १ अर्ब २ करोड मागदाबी लिनुपर्ने प्रतिवेदन बुझाइएको एसपी राठौरले बताए ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । यी बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोपमा १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको निष्कर्ष छ ।