१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ

सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ
अ अ+ अ-

काठमाडौँ ।नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ । उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गर्नुभयो । यससँगै यो सेवा मुगु र हुम्लाबाहेक सबै जिल्लामा पुगेको छ । मुगुमा हाल जडान भइरहेको र हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ ।

सो अवसरमा मन्त्री शर्माले देशैभरी अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा पुर्याउने सरकारको अभियान साकार हुँदै गएको बताउनुभयो । उहाँले नेपाल टेलिकमका अधिकारीहरुलाई यो सेवालाई कम्तीमा प्रत्येक पालिकाका केन्द्रसम्म बिस्तार गर्न पनि आग्रह गर्नुभयो । “सरकारले नाफा मात्रै हेर्दैन, घाटै भए पनि दूरदराजका नागरिकलाई सूचना र सञ्चारको सुविधाबाट बञ्चित गर्दैन” उहाँले भन्नुभयो, “सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्याउने नीतिलाई प्राथमिकता दिएको छ ।”

इन्टरनेटको अभावमा नागरिकलाई आधारभूत सेवा समेत दिन नसक्ने अवस्था रहेको र त्यसतर्फ सरकारको पनि चासो रहेको भन्दै मन्त्री शर्माले विशेष ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गर्नुभयो । सेवाको पहुँचसँगै सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

कतिपय अवस्थामा विद्युतीकरणको अभाव र सोलारका मात्रै भर पर्दा टेलिकमको सेवा गुणस्तरीय नहुने गरेको उल्लेख गर्दै उहाँले वैकल्पिक प्रविधिको प्रयोग गरेरै भए पनि इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सञ्चारको विकासमा धेरै समस्याहरु भए पनि ती समाधान गर्न सबैको पहलकदमीको जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । उहाँले डिजिटल नेपाल निर्माणमा इन्टरनेट आधारभूत सेवा भएको बताउनुभयो ।

सिंहदरबारमा भएको उक्त कार्यक्रममा सहभागी पूर्वमन्त्री सत्या पहाडीले सञ्चारको क्षेत्रमा पछाडि परेको डोल्पामा प्रभावकारी सञ्चार सेवा सुरुआत हुनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सो सेवालाई थप स्थानमा बिस्तार गर्दै सेवाको गुणस्तर र दीगो बनाउन मन्त्री शर्माको ध्यानाकर्षण गराउनुभयो । “टावर हुने तर फोन नलाग्ने, इन्टरनेट पुग्ने तर राम्रोसँग नचल्ने पनि हुनसक्छ, त्यसतर्फ ध्यान दिनुपर्छ”, पहाडीले भन्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सबै जिल्लामा उक्त सेवा पुर्याउने प्रतिबद्धता जनाउनुभयो । साथै विभिन्न चुनौतीका बीच पनि निकट भविष्यमै मुगु र हुम्लामा पनि सेवा पुर्‍याउने बताउनुभयो ।

उहाँले सूचना तथा प्रविधिको युगमा निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा पुग्नु सरकारको दायित्व भएको बताउनुभयो । बिस्तार, गुणस्तर र सुरक्षा महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै सचिव सुवेदीले सञ्चार प्रविधिमा फड्को मार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डोल्पाबाट भर्चुअलरुपमा सहभागी नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेशप्रसाद शाहले ५४ प्रतिशत सेवा सोलारको भरमा रहेकाले सेवा प्रवाहमा समस्या रहेको तर प्रभावकारी सेवामा विशेष ध्यान दिइएको बताउनुभयो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जिल्लामा सीमित स्थानमा मात्रै दुरसञ्चार सेवा उपलब्ध रहेको बताउनुभयो । उहाँले इन्टरनेट सेवाको अभावमा ठूलो समस्या भोगिरहेको डोल्पाबासीका लागि आजदेखि शुभारम्भ गरिएको एफटिटिएच नेटवर्क कोसेढुंगा सावित भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाले छरिएर रहेको डोल्पाको बस्तीमा राज्यले सञ्चार सेवा उपलब्ध गराउन थालेकोमा खुसी व्यक्त गर्नुभयो । रासस