• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

आईपीएलमा आज राजस्थान र पञ्जाबबीच प्रतिस्पर्धा



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को २७ औं खेलमा आज पञ्जाब किंग्स (पीबीकेएस) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन् ।

खेल साँझ ७ः४५ बजेदेखि पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । राजस्थानको १७ औं सिजनमा यो छैटौं खेल हुनेछ । ५ खेलमा ४ जित हात पारेको टोली ८ अंकसहित पहिलो स्थानमा छ । उसले आफ्नो अन्तिम खेलमा गुजरातसँग पराजित भएको थियो ।

अर्कोतर्फ, यो पञ्जाबको पनि छैटौं खेल हुनेछ । पञ्जाबले ५ मध्ये ३ खेलमा हार बेहोरेको छ भने २ खेल जितेको छ । टोली ४ अंकसहित आठौं स्थानमा छ ।

हेड टु हेड
आईपीएलमा पञ्जाब र राजस्थानबीच अहिलेसम्म २६ खेल खेलिएका छन् । ११ मा पञ्जाब र १५ खेलमा राजस्थानले जित निकालेको छ । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

मोहालीको नयाँ मैदानमा आईपीएलको यो तेस्रो खेल मात्र हो । यसअघि यहाँ पीबीकेएसले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको सामना गरेको थियो ।

यहाँको आईपीएल टोलीको उच्चतम स्कोर १८२ हो, जुन हैदराबादले पञ्जाब विरुद्धको अन्तिम खेलमा बनाएको थियो । यो रोमाञ्चक खेल हैदरावादले २ रनले जित्यो । यहाँ पहिले ब्याटिङ गर्ने टिम र रन पछ्याउने टिमले १–१ ले जित निकालेको छ ।

शुक्रबार मुल्लापुरमा मौसम बदली रहनेछ । खेलको दिन यहाँ धेरै तातो हुनेछ । तापमान २० देखि ३६ डिग्री सेल्सियसको बीचमा हुनेछ । पानी पर्ने सम्भावना छैन ।