१३ श्रावण २०८३, बुधबार
,
Latest
उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह संसदीय सुनुवाइ समितिको बैठक बस्दै विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज राजस्थान र पञ्जाबबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को २७ औं खेलमा आज पञ्जाब किंग्स (पीबीकेएस) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन् ।

खेल साँझ ७ः४५ बजेदेखि पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । राजस्थानको १७ औं सिजनमा यो छैटौं खेल हुनेछ । ५ खेलमा ४ जित हात पारेको टोली ८ अंकसहित पहिलो स्थानमा छ । उसले आफ्नो अन्तिम खेलमा गुजरातसँग पराजित भएको थियो ।

अर्कोतर्फ, यो पञ्जाबको पनि छैटौं खेल हुनेछ । पञ्जाबले ५ मध्ये ३ खेलमा हार बेहोरेको छ भने २ खेल जितेको छ । टोली ४ अंकसहित आठौं स्थानमा छ ।

हेड टु हेड
आईपीएलमा पञ्जाब र राजस्थानबीच अहिलेसम्म २६ खेल खेलिएका छन् । ११ मा पञ्जाब र १५ खेलमा राजस्थानले जित निकालेको छ । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

मोहालीको नयाँ मैदानमा आईपीएलको यो तेस्रो खेल मात्र हो । यसअघि यहाँ पीबीकेएसले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको सामना गरेको थियो ।

यहाँको आईपीएल टोलीको उच्चतम स्कोर १८२ हो, जुन हैदराबादले पञ्जाब विरुद्धको अन्तिम खेलमा बनाएको थियो । यो रोमाञ्चक खेल हैदरावादले २ रनले जित्यो । यहाँ पहिले ब्याटिङ गर्ने टिम र रन पछ्याउने टिमले १–१ ले जित निकालेको छ ।

शुक्रबार मुल्लापुरमा मौसम बदली रहनेछ । खेलको दिन यहाँ धेरै तातो हुनेछ । तापमान २० देखि ३६ डिग्री सेल्सियसको बीचमा हुनेछ । पानी पर्ने सम्भावना छैन ।