२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

तपाइलाई केही कुरा याद हुँदैन ? यसरी बढाउनुहोस् दिमागको क्षमता

तपाइलाई केही कुरा याद हुँदैन ? यसरी बढाउनुहोस् दिमागको क्षमता
अ अ+ अ-

काठमाडौं । कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।

१. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।

२. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।

३. सन्तुलित भोजनः तपाईं जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ । यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ ।

यो कुरा पनि याद गर्नुहोस् कि दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।

४. संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्ः तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ । तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ । त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ ।

यद्यपी, यतिबेला तपाईं दिमागको अन्य भागलाई काममा लगाउन सक्नुहुन्छ । यो त्यो हिस्सा हो जसले हामीलाई दिनमा सपना देखाउँछ । यसले स्मरणशक्ति बलियो बनाउन निकै सहयोगी भूमिका खेल्ने गर्छ ।

५. नयाँ चुनौतीको खोजीः दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् । अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ । यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।

६. संगीत सुन्नुहोस्ः संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ । धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।

७. पढेर सुत्नुहोस्ः यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ ।

त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।

८. बिहान यसरी उठ्नुहोस्ः अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।