२८ श्रावण २०८३, बिहीबार
,
Latest
जनआस्थाकाे कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएकोमा प्रेस काउन्सिलको आपत्ति राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुरु कृषि आपूर्ति श्रृंखला सुधार्न कार्यदल गठन, किसानको मूल्य ३० प्रतिशतसम्म बढ्ने अनुमान उपभोक्ताले ग्यास नपाइरहेका बेला होटल रेडिसनमा भेटियो १८४ सिलिन्डर सरकारको कार्यसम्पादन कागजमा मात्र सिमित भएको सांसद रखालको आरोप चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन् सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल कार्यक्रमस्थलमै ढले, मध्यपुर अस्पतालमा उपचार हुँदै



अ+ अ-

भक्तपुर । एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरमा शुक्रबार आयोजना गरिएको एक साहित्यीक कार्यक्रम सकिने वित्तिकै कार्यक्रमस्थलमै ढलेका छन् ।

‘तीन सर्जकका तीन कृति’ सार्वजनिक गर्न सुर्यविनायकको थापा पार्टी प्यालेसमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमको सभापति समेत रहेका नेता नेपाल ढलेका थिए । वेहोस अवस्थामा रहेका उनलाई नजिकै राखिएको नीजि गाडीमा राखेर तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो ।

उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ । उनी अहिले होसमा आएको बताइएको छ ।
पार्किन्सनलगायत विभिन्न रोगको उपचार गराईराखेका साहित्यकार नेपाललाई कार्यक्रमस्थलमै अलि असहज महसुस भएको साहित्यकार जितेन्द्र रसिकले बताए ।

शुक्रबारको सो कार्यक्रममा जितेन्द्र रसिकको ‘युगको तेज’, गंगाप्रसाद उप्रेतीको ‘ताल र सुरका झंकार’ तथा तेजेश्वर बाबु ग्वंग:को ‘संस्कृतिका आयाम’ गरि तीनवटा कृति विमोचन गरिएको थियो ।

तस्वीर : हरिशरण लामिछानेको फेसबुक पेजबाट