१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ: उपप्रधानमन्त्री यादव

अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ: उपप्रधानमन्त्री यादव
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘नि:शुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री यादवले महामारी, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना तय गरी कार्यान्वयनमा लगिएको पनि बताउनु भयो । उहाँले वडा तहसम्म नै आँखाको उपचारमा पहुँच पुर्‍याउन राष्ट्रिय आँखा स्वास्थ्य नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि बताउनु भयो । उपप्रधानमन्त्री यादवले जनताको पोषणको अवस्था सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अति आवश्यक औषधिहरुलाई नेपालमा नै उत्पादन गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । द्रुतगतिमा फैलिएर आर्थिक, सामाजिक क्षेत्रमा नकारात्मक असर पार्ने महामारी रोगहरुको प्राथमिकताका साथ प्रतिकार गर्न जन स्वास्थ्य, पशुस्वास्थ्य र वातावरणीय स्वास्थ्यका निकायहरुको एकीकृत प्रयासका लागि एक स्वास्थ्य अवधारणा अनुरुप एक स्वास्थ्य रणनीति २०७६ स्वीकृत भई कार्यान्वयनमा रहेको छ । नसर्ने रोगको बढदो भारलाई रोकथाम तथा नियन्त्रणका लागि सम्वद्ध सरोकारवालाहरुको सहभागितामा बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ स्वीकृति गरी कार्यान्वयनमा रहेको । नेपाली जनताको पोषणको अवस्था सुधार गर्न बहुक्षेत्रीय पोषण योजना स्वीकृत भई कार्यान्वयनमा रहेको छ । राष्ट्रिय आँखा स्वास्थ्य नीति २०७९ स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ ।’

उपप्रधानमन्त्री यादवले सरकारले गरिव नागरिकका लागि उपचारको सेवामा पहुँच पुर्‍याउन सक्दो पहल गरिरहेको बताउनु भयो ।