४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन मुद्दामा रिट निवेदकतर्फको बहस सकियो, सरकार पक्षको बहस आजदेखि



अ+ अ-

काठमाडौं । प्रतिनिधी सभा विघटन मुद्दामा आइतबारसम्म रिट निवेदकतर्फको बहस सकिएसंगै आजदेखि सरकार पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिट निवेदकहरुको बहस सकेपछि सोमबारदेखि विपक्षीको बहस सुरु हुने भएको हो ।

संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अनुसार प्रतिनिधी सभा विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

सोमबारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ ।  

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन् । सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्नेछन् ।

गत पुस ५ गते सरकारले प्रतिनिधी सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । उक्त विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि रिट निवेदकहरुले बहस सुरु गरेका थिए ।