• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत



रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । शुक्रबार महराले लुम्बिनी प्रदेशसभाबाट विश्वासको मतको प्रस्ताव राखेका हुन् ।

प्रदेशसभामा बोल्दै उनले सबैको अपनत्व हुनेगरी काम गर्ने भएकाले विश्वासको मत दिन आग्रह गरे । उनले वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने र दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए ।

महरा एमाले, माओवादी केन्द्र, नाउपा, जसपा, एकीकृत समाजावादी दलको समर्थनमा चैत १३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।