२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १०५ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार ३ हजार ३ सय ८ जनाको पिसिआर परिक्षणमा  १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार २८८ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ३३६ पुगेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या २५९४ छ। 

त्यस्तै आईतबार कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ।