• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

भारतमा बस दुर्घटना, छ जना स्कुले बालबालिकाको मृत्यु



नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

जि।एल। पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो ।

प्रारम्भिक रिपोर्टमा ड्राइभरले गाडी उच्च गतिमा लापरवाहीपूर्ण रुपमा चलाएका कारण दुर्घटना भएको जनाइएको छ ।

एक मिडिया रिपोर्टमा बसका घाइते बच्चालाई उद्धृत गर्दै बस चालकले मदिरा सेवन गरी तीव्र गतिमा बस चलाएका बताएको छ ।

निर्दोष बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रबासी गहिरो शोकमा छन् ।

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दु:ख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूति सहित घाइतेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।