४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

हिमालय एयरलाइन्सको अभियान ‘शिक्षा तर्फ पाइला’

हिमालय एयरलाइन्सको अभियान ‘शिक्षा तर्फ पाइला’
अ+ अ-

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्यलाई पालना गर्दै हिमालय एयरलाइन्सले ‘शिक्षा तर्फ पाइला’ अभियान अन्तर्गत प्रयास नेपाललाई सहयोग गरेको छ ।

सन् २०१७ देखि कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व प्रयास नेपालका लागि कोसे ढुङ्गा साबित भएको छ । प्रयासलाई सहयोग गर्नुको उद्देश्य विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गराउनु रहेको एयरलाइन्सले जनाएको छ ।

यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै २०२४ अप्रिल १० मा एयरलाइन्सले आफ्नो वार्षिक गतिविधि सञ्चालन गरेको थियो । उक्त अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोट बुक, स्कुल झोला र स्कुल जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरे ।

वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन हिमालय एयरलाइन्सले काठमाडौंको सिनामंगलस्थित उड्डयन सङ्ग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो ।

विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर एयरलाइन्सले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिरी क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको छ ।

एयरलाइन्सको सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन सङ्ग्रहालयले पनि बालबालिकाहरूका लागि नि:शुल्क प्रवेशसँगै भ्रमणमा उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरिएको थियो ।

सो अवसरमा उज्ज्वला दलीले भने, ‘हिमालय एयरलाइन्समा हामी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाहरूको सिक्ने जोसलाई बढवा दिन, प्रयोगात्मक शिक्षामा विश्वास गर्छौँ । हामी विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ र हाम्रो अभियानको उद्देश्य आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु मात्र होइन, ज्ञान आदानप्रदानका विशिष्ट अनुभवहरू मार्फत बालबालिकाहरूलाई प्रेरित र सशक्तीकरण गर्ने पनि हो ।’

प्रयास नेपालका अध्यक्ष मणि जोशीले भने, ‘हाम्रो उद्देश्यमा निरन्तर सहयोगको लागि हामी हिमालय एयरलाइन्स प्रति हार्दिक आभारी छौँ, उड्डयन सङ्ग्रहालयको भ्रमणले, नि:सन्देह उनीहरूको मस्तिष्कमा दिगो छाप छोडेको छ । यस किसिमका पहलहरूले उनीहरूको शैक्षिक वृद्धिमा योगदान मात्र नगरी नयाँ सम्भावनाहरूको ढोका समेत खोलेको छ ।’