२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुनवर फारुकीमाथि अण्डा प्रहार



अ+ अ-

एजेन्सी । मुनवर फारुकीमाथि अण्डा प्रहार भएको छ । ‘बिग बोस १७’ को विजेता समेत रहेका फारुकीमाथि अण्डा प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अप्रिल ८ मा मुनवरलाई मिनारा मस्जिदको एक रेस्टुरेन्टमा इफ्तारीको लागि निम्तो दिइएको थियो । तर, उनी नजिकैको अर्को ठाउँमा खाना खान गए। यो देखेर रेष्टुरेन्ट मालिक रिसार मुनव्वरमाथि अण्डा फालेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा मुनवर रेस्टुरेन्ट मालिकसँग आक्रोशित देखिएका छन्। उनको वरिपरि ठूलो भीड जम्मा भएको छ। मुनव्वरलाई उनका सुरक्षा गार्डले पक्रेको देखिन्छ ।

ईटाईम्स रिपोर्ट अनुसार, रेस्टुरेन्ट मालिक र उनका पाँच कर्मचारी सदस्यहरू विरुद्ध उजुरी दर्ता गरिएको छ। यस विषयमा मुनवरको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

केही दिन अघि मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर मुनवर र अन्य १३ जनालाई हिरासतमा लिएको थियो । उनीहरु सबैलाई सोधपुछपछि छाडिएको थियो ।

अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर रु चार हजार चार सय नगद र १३ हजार ५ सय बराबरको ९ थान हुक्का बरामद गरेको थियो ।

मुनवरले पहिलो पटक २०२२ मा कंगना रनौतको रियालिटी शो ‘लक अप’ मा भाग लिएका थिए । उनी यसको सिजन १ को विजेता पनि थिए।