• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

राजस्थानका कप्तान सञ्जु सैमसनलाई १२ लाख जरिवाना



Shubman Gill (c) of Gujarat Titans and Sanju Samson (c) of Rajasthan Royals at toss during match 24 of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Gujarat Titans held at the Sawai Mansingh Stadium, Jaipur on the 10th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL

एजेन्सी । राजस्थान रोयल्स (आरआर)का कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । बुधबार जयपुरमा गुजरात टाइटन्स (जीटी) विरुद्धको खेलमा स्लो ओभर रेटका कारण सञ्जुलाई जरिवाना गरिएको हो । इन्डियन प्रिमियर लिग (आईपीएल)ले बिहिबार यो जानकारी दिएको हो ।

आईपीएलको १७ औं सिजनमा राजस्थान रोयल्सले बुधबार यो सिजनको पहिलो हार बेहोरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १९७ रनको लक्ष्य पुरा गरेको थियो ।

१९ औं ओभरमा गुजरातलाई जितका लागि १५ रन आवश्यक थियो। राजस्थानको टोली निर्धारित समयमा ओभर सकिन ५ मिनेट पछाडि परेको थियो । जसका कारण अन्तिम ओभरमा सञ्जुले ५ को सट्टा ४ जना मात्र खेलाडीलाई बाउन्ड्रीमा पठाउनु परेको थियो। जीटीका रसिद खानले ३ चौका प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए ।

यस सिजन राजस्थानको टोलीको यो पहिलो गल्ती भएकोले आईपीएलको आचार संहिता अनुसार न्यूनतम सजाय तोकिएको आईपीएल अधिकारीहरुले बताएका छन् ।

यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि जरिवाना गरिएको थियो ।