११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाइको बुवा पण्डित तपाई किन पत्रकार ? परम्परा तोड्नु नराम्रो होईन : प्रधानमन्त्री ओली



अ+ अ-

धनुषा । प्रधानमन्त्री केपी ओलीले आफुले राम्रा र नयाँ काम गरेको दावि गर्दै परम्परा तोड्नु नराम्रो नभएको बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा विद्युत्को सब–स्टेसन उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले नयाँ कामका लागि परम्परा भत्काउनुपर्ने बताएका हुन् । 

‘पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उनले भने,‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाइको बुवा पण्डित तपाई किन पत्रकार हुनुभयो ? पण्डितै भएको भए पो परम्परा बाच्थ्यो। मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले मध्यवर्ती चुनाव तोकिएकै दिनमा हुने बताएका छन् ।  चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले एक दिन पनि पर नसर्ने बताएउदै वैशाख १७ गते नै धनुषामा चुनाव हुने दाबीसमेत गरेका हुन् ।  

‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ,’ ओलीले भने,‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’

प्रधानमन्त्रीले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएको भन्दै चित्त दुखाए । ‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पुर्याएका होला । ती मधेसप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ,’ ओलीले भने, ‘हेरु त कतिको मधेसीप्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’ 

प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो गर्नेहरु अलग भएको पनि बताए । ‘दशा लागेको रहेछ । प्रधानमन्त्री खान हिँडेका थिए । एउटा भनाइ छ नि, चोक्टा खान गएकी बुढी झोलमा डुबिन् ।’ 




भर्खरै