४ आश्विन २०८१, शुक्रबार
,
Latest
मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले अल्पमतमा रहेको सरकारको छायाका रुपमा काम गरे : अष्टलक्ष्मी शाक्य



अ+ अ-

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । बागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाईको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् ।

नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेश सभा सचिवालयमा नाराबाजी समेत गरेका छन् । सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् ।

त्यस लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गर्नुभएको बताउनुभयो । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाउनुभयो । उहाँले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गर्नुभयो ।

बागमती प्रदेशको आजका लागि डाकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद रहेको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।