• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा

जब जडेजा र धोनी मिलेर दर्शकलाई झुक्याए



एजेन्सी । महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सोमबार चेन्नईको भीडलाई मनोरञ्जन दिए । धोनी र जडेजाले स्टेडियममा उपस्थित दर्शकलाई झुक्याए । यो सानो पलको भिडियो भाइरल भयो । यो किस्सा सोमबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स बीचको आईपीएलको २२ औं खेलको हो ।

चेन्नई सुपर किंग्सले एमए चिदम्बरम स्टेडियममा केकेआरले दिएको १३८ रनको लक्ष्य पछ्याएको थियो । १७ औं ओभरको पाँचौं बलमा शिवम दुबेलाई वैभव अरोराले बोल्ड गरे र डगआउटमा फर्किए ।

त्यसपछि फ्यानहरुबीच एमएस धोनी ब्याटिङमा आउनुपर्ने हल्ला चलेको थियो । सीएसकेको रणनीति पनि यो थियो कि धोनी ब्याटिङ गर्न आउनेछन् किनभने उनको एक झलक पाएपछि फ्यानहरूले आफ्नो ‘पैसा वसुल’ भएको महसुस गर्छन् ।

फ्यानहरू आफ्नो मनपर्ने खेलाडी धोनीको पर्खाइमा थिए तर त्यसपछि रविन्द्र जडेजा पूरा किट लगाएर प्याभिलियनबाट मैदानतर्फ लम्किए । तर उनी फर्किएर भित्र प्याभिलियनतिरै लागे । त्यतिन्जेल एमएस धोनी हेलमेट लगाएर तयार भइरहेका थिए । त्यसपछि फ्यानहरूको कोलाहलको बीचमा एमएस धोनी स्टेडियममा आए र क्रिजमा पुगे । धोनी र जडेजाले मिलेर दर्शकलाई झुक्याएको क्षणको भिडियो भाइरल भएको छ ।

 

चेन्नई सुपर किंग्सका फास्ट बलर तुषार देशपाण्डेले आफूले धोनी जडेजाले यसरी ठट्टा गरेको सुनेको खुलासा गरेका छन् । यो ठट्टा सफल पनि भयो । यसै क्रममा रविन्द्र जडेजाले दर्शकको मनोरञ्जनका लागि यस्तो ठट्टा गरिएको बताए । चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।