१२ भाद्र २०८३, शुक्रबार
,
Latest
विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चतरामा आजदेखि महाकुम्भ मेला



अ+ अ-

धरान (सुनसरी): सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो ।

आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरुप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । मेलाको उद्घाटनका दिन दुई हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सहअध्यक्ष कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सिसीटिभीको सहायताले सहभागीहरूको सङ्ख्या गणना गरिने छ ।”

मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भमेला क्षेत्रमा चार सय ८० व्यापारिक स्टल राखिने भएको छ । त्यस्तै मेला क्षेत्रमा एक सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ ।

चालीस दिन मदिरा र माछामासु प्रतिबन्ध

कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाएको छ । मेला आयोजक समितिका सहअध्यक्ष कार्कीले सात्विक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले मदिरा र माछामासु बिक्रीमा रोक लगाइएको बताउनुभयो ।रासस