१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषदको बैठक स्थगित



अ+ अ-

काठमाडौं । बुधबार बिहान ११ बजेका लागि बोलाएको संवैधानिक परिषद्को बैठक साँझ ५ बजेका लागि सारिएपनि बैठक स्थगित भएको छ। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।  

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन्। हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ। 

संवैधानिक परिषद् सम्बन्धि ऐनलाई  गत मंसिर ३० प्रधानमन्त्री ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने गरि अध्यादेश मार्फत् संशोधन गरेका थिए। उक्त अध्यादेश विरुद्ध हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।