२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित हुने (भिडियो सहित)



अ+ अ-

काठमाडौं । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । 

समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो । समितिको काम प्रभावकारी बनाउने गरी त्यस सम्बन्धि विगतका कामहरुको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपालको संसदमा संसदीय सुनुवाईको अवधारणा प्रारम्भ भएदेखि हालसम्मको संसदीय सुनुवाई सम्बन्धि भएका व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न र समितिमा पेश गर्न सचिवलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

सभापति कर्णले संसदीय सुनुवाई समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद ऐन नै परिमार्जन गरेर अघि बढनुपर्ने बताउनु भयो । संसदीय सुनुवाई समितिको कामबारे विभिन्न ठाउँमा प्रश्न उठने गरेकाले पनि यसको प्रभावकारिताका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो ।