२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी आरोही फूर्बाले बूढानिलकण्ठको झन्डा सगरमाथा पुर्‍याउने



अ+ अ-

काठमाडौं । १६ औं पटक सगरमाथा आरोहणका लागि जान लागेका कीर्तिमानी आरोही फूर्बा शेर्पाले ’यो पटक एभरेष्ट समिटमा बुढानीलकण्ठ नगरपालिकाको झण्डा लैजाने भएका छन् ।

शेर्पाले यस पटकको आरोहणका क्रममा नगरपालिकाको झन्डै लैजाने प्रस्ताव गरेपछि नगरपालिकाले तत्कालै स्वीकार गरेको उपप्रमुख अनिता लामाले जानकारी दिइन् ।

नगरपालिकाका तर्फबाट नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा महाशाखा प्रमुख सहित उनलाई राष्ट्रिय झण्डा, नगरपालिकाको लोगो झण्डा र बुढानीलकण्ठ मन्दिरको प्रतिमूर्ति हस्तान्तरण गरिएको छ ।

उनले आउने सिजनको सगरमाथा आरोहणमा नगरपालिकाको लोगो अंकित झण्डालाई फहराउनेछन् र बुढानीलकण्ठको प्रतिमूर्तिलाई सगरमाथाको चुचुरो पुर्याउनेछन् ।

फूर्वाले २२ वर्ष उमेरभित्र ९ पटक सफल सगरमाथा आरोहणसहित सपरिवार सगरमाथा आरोहण गरेको सहित ४ वटा कीर्तिमान कायम गरिसकेका छन् ।