११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट

नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
अ अ+ अ-

काठमाडौं:  बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुनेभएको छ । झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने यस उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्याण्डका लोकरक भाकाहरु गुञ्जनेछन् ।

धेरैअघि यस भेगको पुरानो वाणिज्य केन्द्र थियो बिर्ताबजार । कालान्तरमा महेन्द्र राजमार्ग बनेपछि सडकभएतिरै चहलपहल बढ्न थाल्यो। राजमार्गको जुन बिन्दुबाट बिर्ताबजार मोडिन्थ्यो त्यसलाई ‘बिर्तामोड’ भन्न थालियो । समयसँगै अब ‘बजार’ ले स्वयंलाई ‘मोड’ भित्रै बिलिन तुल्याइसकेको छ ।

बढ्दो ब्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीब्र वृद्धिभएको बिर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’मा योगदान दिन कन्सर्ट गरेको थियो । यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक वृद्धिभएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको थियो । त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आव्हान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत नेपथ्यले यसै भूमिमा गीतहरु सुनाएको थियो । अहिलेको यो नवीन नगरपालिका त्यतिबेला भने ‘अनारमनी गाविस’ भनेर चिनिन्थ्यो । यसरी बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको नेपथ्यले अब भने यस सहरकै प्रमुख खेलकूद आयोजना ‘झापा गोल्डकप’लाई योगदान दिने उद्देश्यका साथ आफुलाई प्रस्तुत गर्नलागेको छ ।

‘यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रुपमा रहँदै आएका छन्,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्याण्ड फेरि जुर्मुराएको विन्दु छेवैको दमक बन्न पुगेको थियो भने केहि दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौं ।’

नेपथ्य मनपराउने दर्शक घेरामा उभिनका लागि आफु सदैव उत्साहित रहने गरेकामा अबको केहि दिनमै बिर्तामोडका संगीतप्रेमीहरु माझ पुग्न ब्यग्र भइरहेको पनि गुरुङले थपे ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । नेपथ्य यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा उभिएको थियो ।

‘नेपथ्यको प्रस्तुतीलाई स्वदेशका साना सहरबजारदेखि लिएर ठुला सहरसम्म एकरुपता प्रदान गर्न हामी सदैव प्रयासरत रहँदै आएका छौं,’ व्यवस्थापक नेपालयका अर्पण शर्मा भन्छन्, ‘कलाकारबाहेक प्रविधि र प्राविधिकहरु समेत गरेर ठूलो टिमका साथ उपस्थितहुँदा यो एकरुपतालाई बिर्तामोडका दर्शकहरुले पनि महशुस गर्न सक्नेछन् ।’

बिर्तामोड कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो । आयोजक सुमन धिमालका अनुसार सदाझैं त्यहाँको कन्सर्ट पनि निर्धारित समय अर्थात् शुक्रबार बेलुकी ठीक साढे छ बजे सुरुहुनेछ । आयोजनास्थलका ढोकाहरु भने त्यसभन्दा दुइ घन्टा अगावै अर्थात् ठीक साढे चार बजे खोलिनेछन् ।

टिकटका लागि बिर्तामोड लगायत पूर्वका सहरहरुमा काउन्टरका व्यवस्था गरिएका छन् भने इन्टरनेटबाटै बुकिङ सुरक्षित गर्नका लागि अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ । त्यसका लागि इच्छुक व्यक्तिले सोझै नेपथ्य डट कम (nepathya.com.np) मा गएर टिकट खरिद गर्न सक्नेछन् ।

यो कन्सर्टलाई लिएर त्यस भेगका वासिन्दाहरु बीच सामाजिक सञ्जालमा चर्चा परिचर्चा ब्यापक हुँदै गएको देखिन्छ भने केहि फेसबुक पेजहरुले नेपथ्य ब्याण्डसँग जोडिएका विभिन्न प्रश्नहरु राख्दै विजेतालाई पुरस्कारका रुपमा टिकटको घोषणासमेत गर्दै आएको छ ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

फोटोहरु: नेपथ्य/नेपालय