• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

देश छोड्ने हैन देशमै बसेर देशलाई बदलौ: डा बाबुराम भट्टराई



काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश छोड्ने हैन देशमै बसेर देशलाई बदल्ने कार्यमा आआफ्नो क्षेत्रबाट क्रियाशील बन्न आग्रह गर्नुभएको छ ।

अमेरिकी दूतावासको सहयोगमा संचालित युवा शसक्तिकरण सम्बन्धी एक कार्यक्रममा सहभागी युवाहरुलाई नेता भट्टराईले नेपाल कसरी बन्छ भन्ने विषयमा अभिमुखीकरण गर्दा युवा जोश र उमंग देखेर आफै युवा भएको अनुभूति समेत भयो ।

सातवटै प्रदेश र ३५ जिल्लाबाट छानिएका २० देखि ३० बर्ष उमेर समूहका ५५ जना युवाहरूलाई “नेपाल कसरी बन्छ भन्ने बिषयमा अभिमुखीकरण गरिएको दुताबासले जनाएको छ ।
नेता भट्टराईले नेपाललाई छिटो समृद्ध र सुखी बनाउन जटील भूराजनीतिको वस्तुपरक व्यवस्थापन, लोकतन्त्रको सबलीकरण र सुशासन, चार आयामिक ( वृद्धि, वितरण, दिगोपन, खुशीपन ) समतामूलक समृद्धिको आवधिक कार्ययोजना निर्माण तथा कार्यान्वयन र नवप्रवोधन (स्वतन्त्रता, समानता , समभाव, समृद्धि ) को विचार सहितको भिजिनरी नेतृत्व हुनुपर्नेमा बताउनु भयो ।

उहाँले युवाहरूलाई नेपालको विशिष्ठ ऐतिहासिक पहिचानप्रति गर्व गर्दै र ‘एशियाली शताब्दी’ ले ल्याउने अपार सम्भावनाप्रति आश्वस्त बन्न पनि आग्रह गर्नुभयो ।