१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० वर्षको उपाधि खडेरी अन्त्य गर्दै एथ्लेटिक बिल्वाओले जित्यो कोपा डेल रे



अ+ अ-

काठमाडौँ । स्पेनिस कोपा डेल रे को उपाधि एथ्लेटिक बिल्वाओले जितेको छ । गएराति भएको फाइनलमा मलोर्कालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै एथ्लेटिक बिल्वाओले ४० वर्षको उपाधि खडेरीको अन्त्य गर्यो ।

सेभियाको स्टेडिओ ला कार्तुजामा भएको फाइनलमा खेल निर्धारित समयमा र अतिरिक्त समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।

खेलको २१ औं मिनेटमा ड्यानी रोड्रीग्वेजले गोल गर्दै मल्लोर्कालाई सुरुवाती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा बिल्वाओका ओइहान सान्सेटले बराबरी गोल फर्काए । मल्लोर्काका मानु मोर्लानेसले र नेमान्जा राडोनिचले पेनाल्टी मिस गर्न पुग्दा बिल्वाओ विजेता बन्यो ।