११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

नेपाल र खनाल प्रति ओलीको टिप्पणी-अध्यक्ष छोडेपछि छेउमा बसेर यो चाहियो, त्यो चाहियो भन्दिनँ

नेपाल र खनाल प्रति ओलीको टिप्पणी-अध्यक्ष छोडेपछि छेउमा बसेर यो चाहियो, त्यो चाहियो भन्दिनँ
अ अ+ अ-

पोखरा । नेकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पूर्व अध्यक्षलाई वरिष्ठ नेताको रुपमा दोस्रो वरियतामा राखेर पार्टीले गलत अभ्यास शुरु गरेको बताउनु भएको छ ।

शुक्रबार पोखरामा आयोजित एमाले कास्कीका नवनिर्वाचित जिल्ला कमिटीको पद तथा गोपनियताको सफत ग्रहण कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा पूर्व अध्यक्षलाई वरिष्ठ नेताकोरुपमा दोस्रो वरियतामा राखेर पार्टीले गलत अभ्यास शुरु गरेको तर अव त्यो अभ्यास एमालेमा नदोहोरिने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘माधव नेपालले १५ वर्ष पार्टी अध्यक्ष भएर चलाए, प्रधानमन्त्री पनि भए ।  अनि भन्छन्, मलाई खोइ, मेरो के भयो त ? मैले के पाएँ ?’ अहिले समीकरणमा हुनुहुन्छ । त्यो पनि ख्याल गर्नुपर्नेछ फेरि मैले झण्डै–झण्डै बिर्सिएछु ।झलनाथ खनालले पनि १३ वर्ष पार्टी प्रमुख र प्रधानमन्त्री भए । त्यसपछि मेरो भाग खोइ त भनेर खोजे । म त्यस्तो गर्दिनँ ।’

उहाँले देशद्रोही गठबन्धन तोडेर राष्ट्रहितको समिकरण एमालेले बनाएको बताउनु भयो काँग्रेस नेतृत्व गठबन्धन सरकारका कारण देशमा चरम संकट देखा परेको र त्यसको निकासका लागि अरु कुनै शक्तिले नभई आफुहरुले नै राष्ट्रहितका लागि नयाँ सत्ता समिकरण निर्माण गरेको दावी गर्नुभयो ।

पछिल्लो समय देशमा अराजनीतिक गतिविधि र राष्ट्रहित विपरितका गतिविधि बढेको अध्यक्ष ओलीको आरोप थियो । बैंकबाट ऋण लिएर नतिर्ने, नतिर भन्दै हिड्ने, अराजक गतिविधि फैलाउदै, आफैले आफैलाई हिरोकोरुपमा प्रस्तुत गर्दै हिड्ने अराजक व्यक्तिहरुका कारण राष्ट्रिय एकतामा चोट पुगेको तथा हाम्रो देश लुगा लगाएर हिड्ने मानिसको नभई नाङ्गै हिड्ने पशुको जस्तो देश बनाउन खोजिएको भन्दै त्यसबाट देशलाई जोगाउन आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

राष्ट्रमा अशान्त , उत्पादन ध्वस्त, आर्थिक अवस्था ओरालो तर्फ र देशलाई विभाजन गर्न विभिन्न गतिविधि बढेका कारण देशलाई त्यसतर्फ जान नदिन नयाँ सत्ता समिकरण आवश्यक रहेको अध्यक्ष ओलीले बताए । अहिलेको गठबन्धन नभई नयाँ समिकरण मात्र भएको उनको भनाई थियो । साथै मिसन ८४ मा देशमा मुल पार्टी नेकपा एमाले नै हुने र सबैलाई सामेल गराएर लैजाने उहाँको दावी थियो ।