११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

चतराधाममा एकमहिने महाकुम्भ मेलाको तयारी पूरा

चतराधाममा एकमहिने महाकुम्भ मेलाको तयारी पूरा
अ अ+ अ-

सुन्दरहरैँचा: सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुने लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ ।

धार्मिकस्थल चतराधाममा यही चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने सो महाकुम्भ मेलामा ३० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएकाले उनीहरुको व्यवस्थापन र सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ मेला मूल आयोजक समितिले जनाएको छ ।

धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने भएका छन् । आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा हरेक १२ वर्षमा एकमहिने पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।

पहिले भारतमा यो कुम्भमेला लाग्दै आएकामा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको पहल र परिकल्पनामा विसं २०५९ देखि नेपालमै यो सुरु भएको हो । पुराणमा उल्लेख भएअनुसारको स्थान चतराधाममा हरेक १२ वर्षमा यो महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावको विकास एवं अभिवृद्धि हुने हुँदा देश–विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढ्दै गएको उल्लेख गर्नुभयो । हिन्दू वैदिक सनातन धर्ममा अति पवित्र र पुण्यभूमिका रुपमा उल्लेख भएको यस चतराधाममा आयोजित यस महाकुम्भमा सहभागी भएर अधिक पुण्य कमाउन स्वदेश तथा विदेशका सबै नागरिकलाई उहाँले आह्वान पनि गर्नुभयो ।

कुम्भमेलामा कोटिहोम, वेद पुराण पाठपरायण, आफ्ना इष्टदेवताहरुको पूजन तथा यजन गर्ने, निराहार बसी ब्रत गर्ने र महाकुम्भवमा स्नान गर्ने आदि गरिन्छ । यस महान अनुष्ठान एवं मेलामा स्वदेश तथा विदेशका जगद्गुरु, शङ्कराचार्य, धर्माचार्यको सहभागिता र उहाँहरुको प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत  महास्नान हुने गर्दछ ।

बाह्रकुम्भमध्ये नेपाललगायत भारतका प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ । यसले हाम्रो देशमा छायाँमा पर्दै गएको धर्म, संस्कार र संस्कृतिको पुन:उत्थान गरेको छ भन्नुहुन्छ जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य ।

अघि समुद्र मन्थनजस्तो साहै कठिन कार्य शुभारम्भ भयो, त्यसबेला अमृतको सट्टा हलाहल विष निस्कियो । त्यस्तो बिघ्न बाधा आउँदा पनि त्यसबाट पछि नहटी डटिरहँदा कार्य सफल भई अमृतको घडा उत्पत्ति भएपछि त्यही अमृत सही व्यक्ति र क्षेत्रमा सर्वप्रथम स्थापित भएको आधारमा चताराधाममा महाकुम्भ महोत्सवको आयोजना गर्ने गरिएकाले यसको धेरै ठूलो धार्मिक एवं शास्त्रीय विधि र मान्यता रहेको जगद्गुरु देवाचार्य बताउनुहुन्छ ।

नेपालको वैदिक सनातन धर्मको संरक्षण र सम्वद्र्धनका साथै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गर्न र नेपालका पवित्र तीर्थस्थलहरुको थप प्रचारप्रसार गरी तिनको उजागर गर्न यस महाकुम्भ मेलाको ठूलो महत्व रहेको उहाँको भनाई छ । त्यसैले १२ बर्षमा मात्र आयोजना हुने यस महान अभियान तथा अनुष्ठनमा सहभागी भई पुण्य कमाउन उहाँले सबैसँग आग्रह गर्नुभयो ।

यहाँ प्रत्येक छ वर्षमा कुम्भमेला र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । नेपालमा प्रथम पिण्डेश्वर कुम्भमेला महोत्सवका रूपमा जगदगुरु देवाचार्यको परिकल्पना र सक्रियतामा २०५९ साल चैत ६ गतेदेखि एक महिनासम्म सञ्चालन भएको थियो । त्यसयता चताराधाममा प्रत्येक छ बर्षमा कुम्भ मेला र १२ वर्षमा महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

यस मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका सक्रिय रहेको छ । यस धार्मिक मेलाका हरेक क्रियाकलापमा बराहक्षेत्र नपा गम्भीरतापूर्वक लागेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

मेलाका लागि सरसफाइ, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत् तथा सञ्चार सुविधा, शान्तिसुरक्षा तथा विपद् जोखिम न्यूनीकरण तयारीहरु भएका उहाँले जानकारी दिनुभयो । मेला अवधिभर चतरामा मदिरा तथा मासुजन्य पदार्थको बिक्रीवितरण निषेध गरिएको पनि नगरप्रमुख कार्कीले जानकारी दिनुभयो । रासस