११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई सहयोग रकम वितरण

बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई सहयोग रकम वितरण
अ अ+ अ-

विराटनगर : झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम वितरण गरेको छ ।

सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि बुधबार सो रकम वितरण गर्नुभएको हो ।

अध्यक्ष अधिकारीले विगतदेखि नै शिविरका ज्येष्ठ नागरिक, असहाय र असक्तहरूलाई मासिक रूपमा सो रकम उपलब्ध गराउँदै आउनुभएको छ । शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका यी नागरिकलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो कार्यक्रम विगतका वर्षदेखि निरन्तर रहेको हो । सो फाउण्डेसनले रकम प्राप्त गर्ने ती नागरिकलाई स्थानीय बैंकमा खाता खोलिदिएर सोही बैंक खातामार्फत सो भत्ता उपलब्ध गराउँदै आएको छ ।

बुधबार झापाको बेलडाँगी शिविरमा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष अधिकारीले पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा रहेका आफूहरूले शिविरमा अलपत्र छोडिएकाहरूका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले शिविरमा रहेका नेपालीभाषीहरूको स्वदेश फिर्ती, तेस्रो मुलुकको पुनर्वास या नेपालमै नेपाली भई बाँच्ने अवसर प्रदान गर्नेबारेमा गम्भीर रूपले सोचिदिन नेपाल सरकारसँग आग्रह पनि गर्नुभयो ।

यी दुई शिविरमा छिमेकी मुलुक भुटानबाट अन्यायपूर्वक लखेटिएर नेपालमा जबर्जस्ती शरणार्थी बनाइएका लगभग आठ हजार नेपालीभाषीको बसोबास गर्दछन् । ती शिविरका अशक्त तथा असहायहरूका लागि फाउण्डेसनले ‘डे केयर’को पनि व्यवस्था गरेको छ । त्यसैगरी बालबालिकाका लागि उचित शिक्षादीक्षा उपलब्ध हुन सकोस् भनेर स्थानीय विद्यालयका लागि अङ्ग्रेजी, विज्ञान, गणितजस्ता विषयका २२ जना शिक्षक शिक्षिका उपलब्ध गराएको छ ।

फाउण्डेसनको सहयोगमा पथरी शिविरमा स्वास्थ्य चौकी निर्माण भइरहेको छ भने बेलडाँगी शिविरको स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय शिविर व्यवस्थापन समितिसँगको परामर्श सुरु भएको छ । त्यसैगरी यी दुवै शिविरका लागि एक–एक एम्बुलेन्स उपलब्ध गराउन फाउण्डेसनले नगरपालिकासँग समझदारी गरेर रकम निकासा गरेको छ ।

त्यसक्रममा शिविरका शरणार्थीहरूले परिचयपत्र नवीकरण एवं जन्ममृत्यु र विवाह दर्ताको काम रोकिँदा समस्या भएको गुनासो गरेपछि फाउण्डेसनका अध्यक्ष अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग भेट गरी सो समस्या तत्काल समाधानका लागि आग्रह गर्नुभएको थियो ।रासस