१५ भाद्र २०८३, सोमबार
,
Latest
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उप निर्वाचनमा काग्रेसका उम्मेदबार: इलाम-२ मा डम्बर खड्का ,बझाङ प्रदेशसभामा अभिषेक सिंह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ र बझाङको प्रदेशसभा सदस्यको उम्मेदवार तय गरेको छ ।

आज बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाम-२ मा डम्बर खड्का ,बझाङ प्रदेशसभामा अभिषेक सिंहलाई उम्मेदबार बनाउने निर्णय गरेको छ ।

आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले दुबै उम्मेदबारका बारेमा औपचारिक निर्णय गर्नेछ ।

इलाम–२ मा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ उठ्ने भएका छन् । यस्तै, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् ।

अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।