• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वपूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

ईपीजीको प्रतिवेदन भारतले तत्काल बुझ्न आवश्यक छ: उपमहासचिव भुसाल



फाईल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल बुझ्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार ललितपुरमा भएको सार्वभौमिकता सीमा र पानी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव भुसालले यस्तो बताउनुभएको हो । उहाँले नेपाल–भारतबीच खुला सीमाना रहेको र सीमा व्यवस्थापनको लागि इपीजीले प्रतिवेदन बनाएकाले त्यो कार्यान्वयनको चरणमा जान आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल भारत दुवै देशका प्रबुद्ध व्यक्ति समूहले मेहनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयनको लागि बुझ्न जरुरी रहेको बताउनु भयो । उहाँले भारत सरकारले वेवास्था गरे पनि नेपाल सरकारले पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बनेको प्रतिवेदन बुझाउन समस्या भएको कारण धेरै विषयमा असहजता भइरहेको बताउनु भयो।

उहाँले दुवै देशका बौद्धिक व्यतित्वहरु बसेर दुवै राष्ट्रको हितलाई मध्यनजर राखेर प्रतिवेदन बनाएइको बताउनु भयो । भुसालले जलस्रोतलाई विद्युतमा परिणत गरेर उत्पादनमुलक काममा लगाउन नसके जलस्रोतको धनी देश भनिरहने मात्रै हुने दाबी गर्नुभयो । उहाँले जलस्रोतलाई विद्युतीय ऊर्जामा रुपान्तरण गरी उत्पादनमुलक क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ११३ वर्ष पहिला राणाहरुले फर्पिङबाट विद्युत उत्पादन गरेर आफ्नो दरबारमा मात्रै प्रयोग किसिमले सोच्न नहुने बताउनु भयो । उहाँले पछिल्लो दुई दशक यता जलविद्युतको विकास बत्तीको लागि मात्रै नभएर नेपालको हितमा प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पानीलाई विद्युत,यातायात,सिंचाई रुपान्तरण गर्न नसके मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘नेपाल–भारत सीमा समस्या समाधान गर्न इपीजी बन्यो तर रिपोर्ट बुझाउन समस्या भएको छ । नेपाली नागरिकले नेपाल सरकारसँग जवाफ खोज्नु सही हो । तर इपीजी प्रतिवेदनलाई एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ । नेपाल सरकार एक्लैले भएपनि लाग्न आवश्यक छ । धेरै मेहनत गरेर दुवै देशका बौद्धिक व्यतित्वहरु बसेर दुवै राष्ट्रको हितमा राखेर टुंग्याएको कुरालाई भारत सरकारले पनि बुझ्नुपर्छ जस्तो लाग्छ । नेपाल जलस्रोतले भरिपूर्ण छौं । जलस्रोतलाई विद्युतमा परिणत गरेर उत्पादनमुलक काममा लगाएनौं भने भनि राख्ने देश हुन्छौं जस्तो लाग्छ । केही प्रगति नहुने । ११३ वर्ष पहिला राणाहरुले आफूलाई चाहिने फर्पिङबाट विद्युत उत्पादन गरेर दरबारमा मात्रै प्रयोग गर्ने हो भने एक प्रकारले सोच्न सकिन्छ ।’

‘पछिल्लो दुई दशक यता जलविद्युतको विकास बत्तीको लागि मात्रै होइन । ऊर्जाको भरपुर रुपमा उपभोग गर्नुपर्छ । नेपालको हितमा प्रयोग गर्नुपर्छ । पानीलाई विद्युत,यातायात,सिंचाई रुपान्तरण गरेनौं भने मुलुक समृद्ध हुँदैन । २०४६ सालमा अरुण तेस्रो जलविद्युत आयोजनाको कुरा आयो । धेरै कुरा उठाएकाले आयोजना रोकियो । त्यो बेला ३ सय मेगावट थियो । अहिले ९ सय मेगावटमा बनेको छ । नेपालले ३० वर्षपछि विद्युत एउटा हिस्सालाई निशुल्क र बाँकीलाई सस्तोमा विद्युत दिन सक्ने अवस्था पुग्छौं । त्यो सुखद् क्षण आउँदा मात्रै मुलुक समृद्ध हुन्छ भन्ने लाग्छ । जलविद्युत महँगो रहेको छ । २० करोडमा जम्मा १ मेगावट विद्युत आयोजना बन्छ । नेपालको वार्षिक विकास बजेट जम्मा ३ खर्बको छ । सबै रकम विद्युतमा खर्च गर्न पनि सक्दैनौं ।’

उहाँले नेपालले ३० वर्षपछि विद्युत गरिव जनतालाई नि:शुल्क र बाँकीलाई सस्तोमा विद्युत दिनसक्ने अवस्थामा पुग्ने बताउनु भयो । उहाँले त्यो सुखद् क्षण आउँदा मात्रै मुलुक समृद्ध हुने बताउनु भयो । उहाँले २० करोडमा जम्मा १ मेगावट विद्युत उत्पादनको लागी लाग्ने भएकाले जलविद्युत महँगो रहेको बताउनु भयो ।