१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

ईपीजीको प्रतिवेदन भारतले तत्काल बुझ्न आवश्यक छ: उपमहासचिव भुसाल

ईपीजीको प्रतिवेदन भारतले तत्काल बुझ्न आवश्यक छ: उपमहासचिव भुसाल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल बुझ्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार ललितपुरमा भएको सार्वभौमिकता सीमा र पानी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव भुसालले यस्तो बताउनुभएको हो । उहाँले नेपाल–भारतबीच खुला सीमाना रहेको र सीमा व्यवस्थापनको लागि इपीजीले प्रतिवेदन बनाएकाले त्यो कार्यान्वयनको चरणमा जान आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल भारत दुवै देशका प्रबुद्ध व्यक्ति समूहले मेहनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयनको लागि बुझ्न जरुरी रहेको बताउनु भयो । उहाँले भारत सरकारले वेवास्था गरे पनि नेपाल सरकारले पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बनेको प्रतिवेदन बुझाउन समस्या भएको कारण धेरै विषयमा असहजता भइरहेको बताउनु भयो।

उहाँले दुवै देशका बौद्धिक व्यतित्वहरु बसेर दुवै राष्ट्रको हितलाई मध्यनजर राखेर प्रतिवेदन बनाएइको बताउनु भयो । भुसालले जलस्रोतलाई विद्युतमा परिणत गरेर उत्पादनमुलक काममा लगाउन नसके जलस्रोतको धनी देश भनिरहने मात्रै हुने दाबी गर्नुभयो । उहाँले जलस्रोतलाई विद्युतीय ऊर्जामा रुपान्तरण गरी उत्पादनमुलक क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ११३ वर्ष पहिला राणाहरुले फर्पिङबाट विद्युत उत्पादन गरेर आफ्नो दरबारमा मात्रै प्रयोग किसिमले सोच्न नहुने बताउनु भयो । उहाँले पछिल्लो दुई दशक यता जलविद्युतको विकास बत्तीको लागि मात्रै नभएर नेपालको हितमा प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पानीलाई विद्युत,यातायात,सिंचाई रुपान्तरण गर्न नसके मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘नेपाल–भारत सीमा समस्या समाधान गर्न इपीजी बन्यो तर रिपोर्ट बुझाउन समस्या भएको छ । नेपाली नागरिकले नेपाल सरकारसँग जवाफ खोज्नु सही हो । तर इपीजी प्रतिवेदनलाई एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ । नेपाल सरकार एक्लैले भएपनि लाग्न आवश्यक छ । धेरै मेहनत गरेर दुवै देशका बौद्धिक व्यतित्वहरु बसेर दुवै राष्ट्रको हितमा राखेर टुंग्याएको कुरालाई भारत सरकारले पनि बुझ्नुपर्छ जस्तो लाग्छ । नेपाल जलस्रोतले भरिपूर्ण छौं । जलस्रोतलाई विद्युतमा परिणत गरेर उत्पादनमुलक काममा लगाएनौं भने भनि राख्ने देश हुन्छौं जस्तो लाग्छ । केही प्रगति नहुने । ११३ वर्ष पहिला राणाहरुले आफूलाई चाहिने फर्पिङबाट विद्युत उत्पादन गरेर दरबारमा मात्रै प्रयोग गर्ने हो भने एक प्रकारले सोच्न सकिन्छ ।’

‘पछिल्लो दुई दशक यता जलविद्युतको विकास बत्तीको लागि मात्रै होइन । ऊर्जाको भरपुर रुपमा उपभोग गर्नुपर्छ । नेपालको हितमा प्रयोग गर्नुपर्छ । पानीलाई विद्युत,यातायात,सिंचाई रुपान्तरण गरेनौं भने मुलुक समृद्ध हुँदैन । २०४६ सालमा अरुण तेस्रो जलविद्युत आयोजनाको कुरा आयो । धेरै कुरा उठाएकाले आयोजना रोकियो । त्यो बेला ३ सय मेगावट थियो । अहिले ९ सय मेगावटमा बनेको छ । नेपालले ३० वर्षपछि विद्युत एउटा हिस्सालाई निशुल्क र बाँकीलाई सस्तोमा विद्युत दिन सक्ने अवस्था पुग्छौं । त्यो सुखद् क्षण आउँदा मात्रै मुलुक समृद्ध हुन्छ भन्ने लाग्छ । जलविद्युत महँगो रहेको छ । २० करोडमा जम्मा १ मेगावट विद्युत आयोजना बन्छ । नेपालको वार्षिक विकास बजेट जम्मा ३ खर्बको छ । सबै रकम विद्युतमा खर्च गर्न पनि सक्दैनौं ।’

उहाँले नेपालले ३० वर्षपछि विद्युत गरिव जनतालाई नि:शुल्क र बाँकीलाई सस्तोमा विद्युत दिनसक्ने अवस्थामा पुग्ने बताउनु भयो । उहाँले त्यो सुखद् क्षण आउँदा मात्रै मुलुक समृद्ध हुने बताउनु भयो । उहाँले २० करोडमा जम्मा १ मेगावट विद्युत उत्पादनको लागी लाग्ने भएकाले जलविद्युत महँगो रहेको बताउनु भयो ।