१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम–२ उपनिर्वाचनको उम्मेदवार आजै टुंगिन्छ: प्रवक्ता महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसको तर्फबाट उम्मेदवार आज(बुधवार) टुंगिने बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता महतले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि नेपाली काँग्रेसले आजै(बुधवार नै) उम्मेदवार तय गर्ने बताउनुभएको हो । उहाँले अब उम्मेदवार चयन गर्न ढिला गर्नु आवश्यक नभएको बताउनु भयो । त्यस्तै उहाँले नेपाली काँग्रेसजस्तो संसदीय मर्यादामा चल्ने अरु कुनै पार्टी नभएको बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले ठूला ठूला कुरा गरेपनि उहाँहरुलाई कुनै मर्यादाको बारेमा थाहा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘धेरै ढिलो गर्ने काम छैन । आज टुंगिन्छ । नेपाली काँग्रेसजस्तो संसदीय मर्यादामा चल्ने पार्टी कुनैपनि छैन । अहिलेसम्मको संसदीय इतिहासको रेकर्डलाई हेरे हुन्छ । उहाँहरुलाई न संसदीय व्यवस्थाको अनुभव छ । उहाँहरु ठुला ठुला कुरा गर्नुहुन्छ । उहाँहरुलाई कुनै मर्यादाको बारेमा थाहा छैन । हामीले कुनैपनि विषयमा प्रश्न उठ्नेबित्तिकै राजीनामा दिएको इतिहास छ । उहाँ स्पष्ट रुपमा संलग्न हुनुहुन्थ्यो सहकारी प्रकरणमा । स्पष्ट देखिएको छ । हामीले त राजीनामा पनि भनिराखेका छैनौँ । छानविन समिति बनोस् । छानविन समितिले जे निष्कर्ष निस्किन्छ, उहाँ दोषि देखिनु भयो भने त्यसबेला राजीनामा हो । त्यसकारण छानविन समिति बनाउन किन आपत्ति ? यो नगर्नुको कारण के स्पष्ट छ भने उहाँको संलग्नता छ ।’

प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नता भएका कारण संसदीय छानविन समिति बनाउन तयार नभएको बताउनु भयो ।